Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः तालमेलको चटारोदेखि महाभियोग अघि बढाउने तयारीसम्म

२२ वैशाख, काठमाडौं । प्रमुख राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनमा विभिन्न स्थानमा तालमेल गरेका छन् । निर्वाचन आयोगले बिहीबार साँझसम्म उम्मेदवारी लिन दिएको  समयसीमा उपयोग गर्दै दलहरु निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न तालमेलमा जुटेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव सभामुखले अगाडि बढाउन लागेको खबर पनि ले पनि पत्रपत्रिकाको पहिलो पृष्ठमा स्थान जमाएका छन् ।

गोरखापत्र दैनिकले स्थानीय तह निर्वाचनका लागि दलहरुबीच भएको तालमेललाई मुख्य खबर बनाएर छापेको छ । मतदानका दिन सवारी सञ्चालन गर्न अनिवार्य अनुमति लिनुपर्ने खबर पनि गोरखापत्रमा छ ।

नागरिक दैनिकले पनि तालमेलकै विषयलाई मुख्य खबर बनाएर लेखेको छ ।  निर्वाचनले गाउँघरमा चहलपहल बढेको अर्को खबर पनि नागरिक दैनिकमा छ ।

राजधानी दैनिकले निर्वाचनले बजेट अन्योलमा परेको जनाएको छ ।

‘प्रमुख दल नै तालमेलमा’ शीर्षक दिएर मुख्य खबर लेखेको नयाँ पत्रिका दैनिकले देउवा–निधि सम्बन्ध सुधारका आयामबारे एक सामग्री पस्केको छ ।

अन्नपूर्णको प्राथमिकतामा महाभियोगदेखि कांग्रेस–माओवादी चुनावी तालमेलसम्मका विषय परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment