Comments Add Comment

नेपाल एसबीआई अर्बपति क्लबमा प्रवेश, कृषि बिकासको कायमै


२२ बैशाख, काठमाडौं । नेपाल एसबीआई बैंकको नाफा करिब १६ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाश (चैतसम्म) ९५ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको तेस्रो त्रैमाशमा भने १ अर्ब १० करोड रुपैयाँ कमाएको हो ।

बैंकको व्यवसाय आकारमा नै बढोत्तरी भएको छ । गत वर्ष १ अर्ब ७३ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले चालु आवमा २ अर्ब १९ करोड रुपैयाँ ब्याज आम्दानी गर्न सकेको हो । ब्याज आम्दानीमा २६ प्रतिशतको वृद्धि देखिएको छ ।

बैंकको कुल सञ्चालन अम्दानी २६ प्रतिशतले बढेर ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । बैंकले करिब ८३ करोड रुपैयाँ आम्दानी फि, कमिसन, बैदेशीक मुद्राको विनिमय र अन्य आम्दानीबाट गरेको छ ।

बैंकले २ करोड रुपैयाँ राइट ब्याक गरेको छ । बैंकको कुल कर्जामा खराब कर्जाको दरमा ०.१२ प्रतिशत छ । बैंकले १८ करोड १० लाख रुपैयाँ सम्भावित जाखिम बापतको नोक्सानलाई समेत छुट्याएको छ ।

बैंकको पुँजी कोष अनुपात राष्ट्र बैंकले तोकेको सीमाभन्दा सहज अवस्थामा छ । यो अनुपात १२.८८ प्रतिशत रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) ७२ प्रतिशत छ ।

बैंकको चुक्ता पुँजीमा ४ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चिती तथा जगेडा कोषमा ३ अर्ब ११ करोड रुपैयाँ छ । बैंकको निक्षेप करिब ३५ प्रतिशतले बढेर ८५ अर्ब र कर्जा ३२ प्रतिशत बढेर ६१ अर्ब लगानी भएको छ ।

बैंकको कर्जा दिदा आधार मानिने बेस रेट पुसको ६.४८ प्रतिशतको तुलनामा बढेर ८.२१ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २९.५७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४९ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ६२ रुपैयाँ रहेको छ । बैंकको सेयरमा प्रतिफल केही घटेको छ । गत आवमा २१.४७ रहेको बैंकको सेयरमा प्रतिफल हाल भने २०.३५ छ ।

कृषि बिकास बैंक

कृषि बिकास बैंकको नाफा २९ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाश (चैतसम्म) १ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको तेस्रो त्रैमाशमा भने १ अर्ब ५७ करोड रुपैयाँ कमाएको हो ।

बैंकको व्यवसाय आकारमा बढोत्तरी भएको छ । गत वर्ष ३ अर्ब ६३ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले चालु आवमा ५ अर्ब १५ करोड ब्याज आम्दानी गर्न सकेको हो । ब्याज आम्दानीमा करिब ४२ प्रतिशतको वृद्धि देखिएको छ ।

बैंकको कुल सञ्चालन अम्दानी ३४ प्रतिशतले बढेर ५ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । बैंकले करिब ७८ करोड रुपैयाँ आम्दानी फि, कमिसन, बैदेशीक मुद्राको विनिमय र अन्य आम्दानीबाट गरेको छ ।

बैंक यसअघि खराब कर्जामा रहेको ३९ करोड ४० लाख रुपैयाँ उठाउन सफल भएको देखिन्छ । बैंकको कुल कर्जामा खराब कर्जाको दरमा ३.३० प्रतिशत छ । बैंकले ९२ करोड रुपैयाँ सम्भावित जाखिम बापतको नोक्सानलाई समेत छुट्याएको छ ।

बैंकको पुँजी कोष अनुपात राष्ट्र बैंकले तोकेको भन्दा निकै सहज अवस्थामा छ । यो अनुपात १७.३८ प्रतिशत रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) ६९.३४ प्रतिशत छ । राष्ट्र बैंकको नीतिगत सहुलियतको कारण यो दर घटेको देखिएको हो । पुसमा यो दर ८० (८२.९७ प्रतिशत) नाघेको थियो ।

बैंकको साधारण सेयरकै कारणचुक्ता पुँजीमा ७ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अविमोच्य अग्राधिकार सेयर समेत जोड्दा भने पुँजी १२ अर्ब ५२ करोड पुग्छ ।
बैंकको सञ्चिती तथा जगेडा कोषमा ८ अर्ब ६८ करोड रुपैयाँ छ । बैंकको निक्षेप ७ प्रतिशतले बढेर ८९ अर्ब र कर्जा १९ प्रतिशत बढेर ८८ अर्ब लगानी भएको छ । बैंकको कर्जा दिदा आधार मानिने बेस रेट पुसको १०.२९ प्रतिशतको तुलनामा बढेर ११.२० पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १९.०८ गुणा, प्रतिसेयर नेटवर्थ २ सय १८ रुपैयाँ रहेको छ । बैंकको सेयरमा प्रतिफल केही घटेको छ । गत आवमा १४.७० रहेको बैंकको सेयरमा प्रतिफल केही घटेर १३.५३ प्रतिशतमा सिमित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment