Comments Add Comment

महालक्ष्मी बैंकको बोनस सेयर पारित, यतिसँग गाभिने

२२ बैशाख, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभाले ७.९० प्रतिशतका दरले बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । सभाले यति डेभलपमेन्ट बैंकसँग गाभ्ने/गाभिने प्रस्ताव समेत पारित गरेको छ ।

सभाले आगामी ४ वर्षको लागी ७ जना संचालकहरु चयन गरेको छ । संस्थापक समूहबाट संजय गिरी, राजेश कुमार रौनियार, माधव लाल श्रेष्ठ र प्रेम कुमार उलक निर्वाचित भएका छन् । सर्वसाधारण समूहबाट डबल बहादुर शाह, बिरेन्द्र कुमार संघाई तथा श्याम सुन्दर रुंगटा निर्वाचित भएका हुन् । निर्वाचन पश्चात् बसेको संचालक समितिको बैठकले राजेश कुमार रौनियारलाई अध्यक्ष समेत चयन गरेको छ ।

बैंकको अधिराज्य भरि ४० वटा शाखा कार्यालय, एक एक्सटेन्स काउण्टर रहेको छ । २०७३ साल चैत्र मसान्त सम्ममा बैंकको कूल निक्षेप रु. ११ अर्ब ९१ करोड तथा कर्जा सापट रु. ९ अर्ब ८६ करोड पुगेको छ । त्यस्तै बैंकले रु. ३४ करोड संचालन मुनाफा गरेको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई ए.बि.बि.एस., मोवाईल बैंकिङ, एसएमएस, सेफ डिजोजिट भल्ट (लकर) तथा एटिएम सेवा उपलव्ध गराउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment