+
+

प्रमुख निर्वाचन अधिकृतको कार्यालय घेर्दै स्वतन्त्र उम्मेदवारको नारावाजी

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २२ गते १७:०९

२२ वैशाख, काठमाडौ । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिन्ह दिन ढिलाई गरेको बिरोधमा स्वतन्त्र उम्मेदवारहरुले नारावाजी गरेका छन् ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले विहान ११ बजेदेखि नै निर्वाचन चिन्हन वितरण गर्नुपर्ने भएपनि अपराहृन ४ बजेसम्म पनि वितरण नगरेपछि उम्मेदवारहरु नारावाजीमा उत्रिएका हुन् । उनीहरुले अहिले प्रमुख निर्वाचन अधिकृतको कार्यालय घेराउ गरी नारावाजी गरिरहेका छन् ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार आयोगले बैशाख २२ गते विहान १० बजेदेखि ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र ११ बजेदेखि साँझ पाँचबजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण गर्ने कार्यतालिका रहेको थियो ।

तर, साँझ पाँच बजे बल्ल निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

अहिले सम्म उम्मेदवारलाई निर्वाचन चिन्ह भने वितरण गर्न सकेको छैन । आयोगको कार्यशैलीको विरोधमा उम्मेदवार सहित उनका समर्थकहरु प्रमुख निर्वाचन अधिकृतको कार्यालय आसपास नारावाजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?