Comments Add Comment

दलित बस्तीको चुनावी नारा: मन्दिर छिर्ने, सहभोज गर्ने

२३ वैशाख, काठमाडौं । काठमाडौंलगायतका सहरी क्षेत्रमा रेल, वाईफाई र स्मार्ट सिटीजस्ता विषय दलहरुको निर्वाचनको नारा बनिरहेका बेला सप्तरीका पाँचवटा दलित बस्तीका महिला उम्मेदवारहरु भने फरक नाराका साथ चुनावी मैदानमा होमिएका छन् । उनीहरुले मन्दिर छिर्ने, सहभोज गर्ने, जन्मदर्ता गराउने र केटाकेटीहरुलाई स्कुल पठाउनेजस्ता नारा बनाएको नयाँ पत्रिका दैनिकले छापेको छ ।

प्रत्येक वडामा एक दलित महिला अनिवार्य सदस्य हुनुपर्ने निर्वाचन ऐनको प्रावधानले स्थानीय निर्वाचनमा देशभरिबाट ६ हजार ६ सय ८० दलित महिला निर्वाचित हुनेछन् । राज्यले कानुन नै बनाएर भेदभाव भइरहेको समुदायलाई शाषन प्रणालीभित्र ल्याउन लागेकामा स्थानीय खुसी छन् ।

एमालेका तर्फबाट सप्तरीको सुरुंगा नगरपालिकामा उपमेयरकी आकांक्षी २४ वर्षीया शिलमकुमारी पासवान भन्छिन्, ‘हाम्रा लागि यो ऐतिहासिक अवसर हो । दलित समुदायलाई आफ्नो अधिकारबारे केही जानकारी छैन । मैले टिकट पाएर जितेँ भने कानुनको कुरा सिकाउँछु । अन्याय सहनु हुँदैन भनेर सिकाउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment