+
+
Shares

उम्मेदवार अपहरणको भित्री पाटोः पार्टीले चुनाव खर्च मागेपछि अपहरणको नाटक

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २३ गते ७:२०


२३ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचन आउन अब ९ दिन मात्र बाँकी छ । विभिन्न तहका उम्मेदवार यति बेला घरदैलो गर्न र प्रचारप्रसारमा केन्द्रित छन् । तर, नयाँ शक्ति पार्टी, नेपालका नागार्जुन नगरपालिका–७ का वडाध्यक्ष उम्मेदवार मनद गिरी अपहरण परे भन्ने खबरले सनसनी मच्चियो ।

पार्टीले यही विषयमा विज्ञप्ति जारी गर्यो । बिहीबार नयाँ शक्ति पार्टी नेपालका पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले जारी गरेको विज्ञप्तिमा अपहरणको आरोप सत्ताधारी दलका कार्यकर्तामाथि लगाइएको छ ।

गिरी २ दिनअगाडि नयाँबजारबाट बेलुका साढे ७ बजे अपहरण परेको र उनले अपहरण अगाडि पार्टीका नेतालाई जानकारी गराएलगत्तै मोबाइल स्वीच अफ भएको जानकारी आएपछि महानगरीय प्रहरी आयुक्त कार्यालय, महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टिम उनको खोजीमा लाग्यो ।

अपहरणमा परेका भनिएका गिरी शुक्रबार आफैं प्रहरी सम्पर्कमा आए । उनले आफू गोकर्णेश्वरको जंगलमा नजिकै रहेको र हतियारधारी समूहले अपहरण गरेर जंगलमा राखेको बताएपछि प्रहरी टोलीले उनको उद्धार गर्यो ।

‘पूहरीले भेट्दा जिउभरि हिलो थियो, हातमा पनि सानो चोट लागेको थियो,’ काठमाडौं परिसरका एसएसपी छविलाल जोशीले भने, ‘उनले चारजना मिलेर अपहरण गरेको दाबी गरे ।’

तर, प्रहरीले टेकुमा रहेको परिसरको कार्यालयमा ल्याएर घटनाबारे सोधपुछ सुरु गरेपछि भने दृष्य फेरिया । प्रहरीले पाएको प्रारम्भिक जानकारी र उनले दिएको विवरण मिलेन ।

घटना नाटकीय भएपछि प्रहरीले केरकार बढायो । अनि बल्ल खुल्यो. – उनको अपहरण होइन, आफैंले अपहरणको नाटक गरेका थिए । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार वडाध्यक्षको उम्मेदवार बनेपछि पार्टीले अन्य उम्मेदवारलाई सहयोग गर्नुपर्ने भन्दै सात लाख रुपैयाँ मागेपछि त्यसबाट जोगिन उनले अपहरणको नाटक गरेको प्रहरी बयानमा खुलेको आजको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?