Comments Add Comment

उपत्यकाको चुनावी सुरक्षाः सिसिटिभीबाट निगरानी, सादा पोसाकका पनि प्रशस्तै

२४ वैशाख, काठमाडौं । प्रहरीले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ । प्रहरीले उपत्यकाकधा दुई महानगरपालिकासहित सबै नगरपालिका र गाउँपालिकाको सुरक्षा व्यवस्था कडा पारेको हो ।

निर्वाचनलाई लक्षित गर्दै प्रहरीले काठमाडौं उपत्यका भित्रिने सबै नाकामा प्रहरी संख्या बढाएको छ भने सुरक्षा जाँचलाई पनि कडा बनाउँदै लगेको छ । सादा पोसाकमा पनि ठूलै संख्यामा प्रहरी परिचालन गरिएको आजको राजधानी दैनिकले लेखेको छ ।

उपत्यका भित्रिने प्रमुख नाका थानकोट, फर्पिङ, चापागाउँ, भक्तपुरको जगाती, बालाजु, साँखु, बूढानिलकण्ठ र ललितपुरको भट्टेडाँडामा प्रहरीले पैदल र सवारी साधनमाथि निगरानीसमेत बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment