+
+
Shares

महाअभियोग अघि बढाउन संसदलाई संकट

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २४ गते १०:०३
सभामुख ओनसरी घर्ती

२४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि महाअभियोग प्रस्तावमाथिको छलफल अघि बढाउन व्यवस्थापिका संसदलाई संकट परेको छ ।

एमाले सहित विपक्षी गठबन्धनको नाराबाजीका बीच संसदमा टेबुल भएको महाअभियोग प्रस्ताव अघि नबढाउनू भनी सर्वोच्च अदालतले संसद सचिवालयलाई अन्तरिम आदेश दिएको थियो ।

अदालतले अन्तरिम आदेश दिइसकेको सन्दर्भमा महाअभियोग प्रस्ताव अघि बढाउँदा अदालतको अवहेलना हुने भएकाले सभामुख ओनसरी घर्ती छलफलमा रहेको स्रोतले जनाएको छ ।

प्रमुख विपक्षी एमाले लगायतका दलले महाअभियोग प्रस्ताव फिर्ता लिन सरकारलाई दबाव दिइरहेका छन् । त्यसैले आइतवारको संसद बैठक सूचना टाँसेर स्थगित गरिएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?