Comments Add Comment

सुशीला कार्की काममा फर्किँदा गोपाल पराजुली आएनन्

२४ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की आइतबारबाट नियमित काममा फर्किएकी छन् । सर्वोच्चले महाअभियोग अघि नबढाउन र कार्कीलाई काममा फर्कन आदेश दिएपछि उनी शुक्रबार नै सर्वोच्चमा हाजिर भएकी थिइन् ।

आइतबारबाट भने नियमित काममा फर्किइन् । कार्की विहान साढे ९ बजे नै अदालत पुगेकी थिइन् ।

उनले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै न्यायाधीशहरुको इजलास तोकेकी छन् । तर, कार्कीले आफ्नो एकल वा संयुक्त भने इजलास छैन ।

यता कार्की लिनम्बनमा परेसँगै कार्यबाहक सम्हालेका वरिष्ठ न्यायाधीश गोपाल पराजुली भने आइतबार अदालत गएनन् । पराजुली विदामा बसेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment