Comments Add Comment

नागोयाका नेपालीलाई सन्दिपले हसाए, प्रमोदले नचाए (फोटो फिचरसहित)

७ मे, टोकियो । जापानमा प्रत्यक वर्ष हुँदै आएको ‘साकुरा नाइट-२’को दोस्रो कार्यक्रम नागोयामा सम्पन्न भएको छ । टोकियोमा भएको कार्यक्रममा सहभागी हुन नपाएका प्रमोद खरेल नागोयाको कार्यक्रममा सहभागी भएपछि कार्यक्रम निकै रमाइलो भएको थियो ।

कार्यक्रममा सहभागी भएका कलाकारहरुले नागोयाका नेपालीहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा सहगभागी भएका सुगम संगीतका चर्चित गायक प्रमोद खरेलले दर्शकहरुलाई छमछमी नचाए । आफ्ना थुप्रै चर्चित गीतहरु प्रस्तुत गरेका उनले दर्शकहरुलाई भरपूर मनोरञ्जन दिएका थिए ।

त्यस्तै कार्यक्रममा चर्चित टेलिकार्यक्रम ‘हृवाट दी फ्लप’ का प्रस्तोता हाँस्यकलाकार सन्दिप क्षेत्रीको प्रस्तुतिमा उपस्थित दर्शकहरु निकैबेर हाँस्न बाध्य बने । उनले आफ्ना बिभिन्न हास्य प्रस्तुतीहरुले दर्शकहरुलाई हसाएका थिए ।

कार्यक्रममा गायिका नलिना चित्रकारको प्रस्तुतिले सबैलाई मेनोरञ्जन दिएको थियो । आफ्ना थुप्रै चर्चित गीतहरु प्रुस्तुत गरेकी उनले दर्शकहरुको मन जित्न सफल भइन ।

कार्यक्रममा स्थानीय नेपाली कलाहरुले पनि आफ्नो प्रस्तुति राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment