+
+

आर्थिक समाचार: कालो सूचीबाट कहिले हट्छ नेपाल ?

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २५ गते ६:००

२६ वैशाख, काठमाडौं । जुलाई २०१३ यता नेपाल अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को गम्भीर सुरक्षा चासो (एसएससी) सूचीमा छ । आइकाओले वायुसेवा सञ्चालनका समग्र पक्षमा गम्भीर रुपमा हेर्ने विभिन्न आठ क्षेत्र मध्ये तीन क्षेत्रमा प्रश्न उठाउदै नेपाललाई गम्भिर सुरक्षा चासोको सूचीमा राखेको नयाँ पत्रिकाले लेखेको छ । सन २०१६ वाटै यो सूचीवाट हटिसक्छ भनेर नेपाल नागरिक उड्डयन प्राधिकरणले भने पनि हटेको छैन ।

सरकारले औषधि उत्पादन थाल्योलाई पनि नयाँ पत्रिकाले लेखेको छ । त्यस्तै एलइडी ल्याएर २ सय मेगावाट विद्युत माग बचतलाई पनि नयाँ पत्रिकाले लेखेको छ ।
सरकारले झण्डै एकदशकपछि जीवनजल उत्पादन सुरु गरेको सन्दर्भमा जीवनजल पुर्नजन्मलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । स्वदेशमै रोजगारी दिने महत्वकाँक्षी आश्वासनलाई पनि नागरिकले लेखेको छ । नेसनल टे«डिङले तीन अर्बको जग्गा बेच्नेलाई पनि नागरिकले लेखेको छ ।

चुनावी वर्षमा आर्थिक वृद्धिदर उच्चलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । बिमा लाइसेन्स माग्दै १६ कम्पनि समितिमालाई पनि कारोबारले लेखेको छ । स्मार्ट सिटी÷स्मार्ट गाउँ बनाउने योजनालाई पनि कारोबारले लेखेको छ ।

डेरीलाई दुध अभावलाई अन्नपूर्ण पोष्टले मुख्य समाचार बनाएको छ । बजारमा सरकारी जीवनजललाई पनि अन्नपूर्णले लेखेको छ । नेपाल औषधि ८ वर्षपछि पुन ः सञ्चालनमालाई आर्थिक अभियानले मुख्य समाचार बनाएको छ । १ सय ३९ आयोजनाको पीपीए सम्पन्न सन्दर्भमा मध्यमाञ्चलमा सबैभन्दा बढीलाई अभियानले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?