Comments Add Comment

गोरखाको स्वाँराथलामा सकेट बम भेटियो

२५ वैशाख, गोरखा । गोरखाको सुलिकोट गाउँपालिका-३ स्वाँराथलामा सकेट बम भेटिएको छ ।

स्वाँराथलाको जंगलमा ढुङ्गाको ओडारमुनि बोराभित्र खिया लागेको अवस्थामा बमहरु भेटिएकाे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र थापाले जानकारी दिए ।

सोमवार ओडारमुनी शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयले खबर गरेसँगै प्रहरी टोली त्यहाँ पुगेको हो ।

बम निष्क्रिय पार्न नेपाली सेनासँग समन्वय भइरहेको र नेपाली सेनाको टोली बम भेटिएको स्थानतर्फ गएको डिएसपी थापाले बताए ।

कति थान बम छ भन्ने बारे सेनाको टोली उक्त स्थानमा पुगेपछि मात्रै थाहा हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment