+
+
Shares

सात पद आठ चिह्न, विवेक पुर्‍याए बिग्रन्न !

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २६ गते ७:०१

२६ वैशाख, काठमाडौं । वैशाख ३१ मा हुन लागेको पहिलो चरणको स्थानीय तह निर्वाचनमा विजयी बन्न उम्मेदवारहरु मतदाताको घरदैलोमा छन् । सबैजसो उम्मेदवार आफ्ना पार्टीका घोषणापत्रअनुसारको प्रतिबद्धता जनाएर हिँडिरहेका  छन् । तर, अधिकांश मतदाता भने निर्वाचनमा कसरी मत दिने भन्ने अन्योलमा देखिन्छन् ।

दलहरुले मतदान गर्न सिकाउनेभन्दा एजेन्डामा सहमत गराउन लागिपरेका कारण मतदाताहरु मत कसरी दिने भन्ने अन्योलमा परेका हुन् ।

‘दलका सबैजसो नेताले आएर भोट मागे, स्वस्तिक लागेको चिह्न  पनि देखाए । तर, किन सात जनालाई मत हाल्नुपरेको र मन परेको उम्मेदवार कसरी छान्ने भन्ने विषयमा कसैले भनेनन्’, चन्द्रागिरी नगरपालिकास्थित संगम टोलकी माया श्रेष्ठको गुनासो छ ।

मतदातामा यस्तो अन्योलता देखिएपछि स्वयंसेवकमार्फत ठाउँ–ठाउँमा  मतदानको तरिका सिकाउन थालेको आयोगले जनाएको छ । उसले ती स्वयंसेवामार्फत आफ्ना प्रतिनिधि चयन गर्न सात पदका लागि सात ठाउँमा छाप लगाउनु पर्ने सिकाइरहेको आजको राजधानी दैनिकले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?