Comments Add Comment

स्थानीय निर्वाचनमा राष्ट्रिय स्तरको ‘चन्दा दबाब’, व्यवसायी हैरान


२६ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा बजार निकै चलायमान हुन्छ । देशभरिका उम्मेदवारको कूल खर्च अर्बौं रुपैयाँ हुन्छ । प्रचारप्रसारका लागि उम्मेदवारले कार्यकर्ता परिचालन, मतदाता रिझाउने, इन्धन, सवारीसधान, प्रचार सामग्री, कार्यालय सञ्चालनलगायतमा मोटो रकम खर्चिन्छन् ।

यो रकम उम्मेदवार आफैंसँग हुँदैन । उनीहरुको चुनावी खर्चको मुख्य स्रोत उद्योगी व्यवसायी हुने गरेका छन् । राजनीतिक दलले पनि केन्द्रीय स्तरबाट गर्ने चुनावी प्रचारको खर्च व्यवसायीबाटै उठाउँछन् ।

निर्वाचन नजिकिँदै गर्दा उद्योगी तथा व्यवसायीलाई चन्दाको दबाब आउन थालेको छ । राजनीतिक दल र उम्मेदवार चुनाव खर्च जुटाउन व्यवसायीको घरदैलो चहार्न थालेको अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ । चुनाव खर्च जुटाउन उम्मेदवारहरु व्यवसायीलाई फोन गर्नेदेखि घर तथा अफिससम्म धाउन सक्रिय छन् । स्थानीय तह निर्वाचनमा पनि राष्ट्रिय स्तरको चन्दा दबाब आइरहेको व्यवसायी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment