बलिउड अभिनेता सलमान खान गर्लफ्रेण्ड फेर्न माहिर छन् । उनको जीवनमा कति केटीहरु आए आए । आजकाल त सलमानले मोजमस्तिका लागि मात्रै गर्लफ्रेण्ड बनाउने गरेको देखिन्छ । तर, विगतमा उनी एउटी सुन्दरीसँगको प्रेममा चुर्लुम्मै डुबेका थिए । ती सुन्दरी थिइन् संगीता बिजलानी ।
संगीतासँगको प्रेममा सलमान निकै सिरियस थिए । उनीहरुको बिहे गर्नेसम्मको कुरा चलेको थियो । चर्चा के छ भने उनीहरुको बिहेको निमन्त्रणा कार्ड समेत छापिसकिएको थियो ।
तर, यही बीचमा आइन् सोमी अली । उनी सलमान खान भनेपछि हुरुक्क हुन्थिन् । सलमानलाई पाउनकै लागि उनी फ्लोरिडाबाट भारत आएकी थिइन् । छोटो समयमै उनी सलमानको मन जित्न सफल पनि भइन् ।
सुरुमा संगीता उनीहरुको हिमचिमप्रति बेखबर थिइन् । जब उनको कानमा यो खबर पुग्यो, उनको होस ठेगानामा रहेन । सलमान र सामीबीचको सम्वन्ध उनलाई पाच्य भएन । उता सलमानप्रति सोमीको समर्पण बढ्दै गइरहेको थियो । तर बिहेका लागि कार्ड समेत छापिइसकेकाले संगीता सलमानलाई पाउनेमा अझै आशावादी थिइन् ।
तर एक दिन उनले सलमान र सोमीलाई रंगेहात समातिन् । यसको खुलासा सलमानले करण जौहरको च्याट शोमा गरिसकेका छन् । त्यही दिनदेखि संगीता सलमानको जिन्दगीबाट टाढा भइन् ।
प्रतिक्रिया 4