शनिबार, ४ कार्तिक, २०७४
OnlineKhabar.com

को हुन् कुलमान ? यस्तो छ भित्री कथा

बेथानको 'ध्वाँसो’ देखि काठमाडौंको लोडसेडिङसम्म

अनलाइनखबर

कुलमान घिसिङ अहिले फेरि एकपटक चर्चामा छन् । उनको आँशु, रोदन र भक्कानो चर्चामा छ । कुलमानको यो रोदनभित्र मुलुकको आशा भरोसा अनि विकृति र कुण्ठा पनि सँगसँगै चर्चामा छ । कुलमानले भारतबाट एलइडी बल्ब खरिद गर्दा राष्ट्रघात गरेको र कमिसन खाएको हो कि हैन भन्ने प्रश्न पनि सँगसँगै चर्चामा छ । देशले पहिले पनि कुलमानलार्इ रूवाएको थियो, मंगलबार फेरि एकपटक उनलार्इ रूवाएको छ ।

आखिर कुलमान को हुन् ? उनले जीवनमा कसरी प्रगति गरे ? के के हण्डरहरू खाए ? अनलाइनखबरले गत मंसिरमा प्रकाशित गरेको सामाग्री पुनः एकपटक सान्दर्भिक हुने ठानेर यहाँ दोहोर्‍याएका छौं-

बेथानको ‘ध्वाँसो’ देखि काठमाडौंको लोडसेडिङसम्म

रामेछापको दुर्गममा अवस्थित सरकारी स्कुलमा पढेको एकजना सामान्य किसानको छोरो अहिले नेपाली जनताको मनमुटुमा बास बस्न सफल भएको छ । देशलाई लोडसेडिङबाट मुक्त गराएर सबैको घरमा उज्यालो भित्र्याउने अभियन्ता कुलमान घिसिङ, विद्यालय पढ्दाको अनुभव यसरी स्मरण गर्छन्-

‘गाउँमा टुकी बालेर पढ्थेँ । राति अबेरसम्म टुकी छेउमा बसेर पढ्दा नाकमा कालो ध्वाँसो बसेको हुन्थ्यो ।’

अहिले काठमाडौंलाई लोडसेडिङ मुक्त गराएर चर्चा कमाएमा कुलमान भन्छन्- ‘मैले काठमाडौं आएपछि नै हो, बिजुली देखेको ।’ विद्यालयमा सधैं प्रथम हुने कुलमानले जब काठमाडौंमा आएर बिजुली देखे, तब उनले कसम खाए- मेरो बेथान गाउँमा पनि यसैगरी बिजुली बाल्छु । अहिले उनले बेथानमा बिजुली बालिसकेका छन् । र, बेथानमात्रै हैन, देशैभरि उज्यालो बनाउने अभियन्ता बनेका छन् उनी ।

कुलमान घिसिङको दैनिकी पछिल्लो २ वर्ष नेपाल विद्युत प्राधिकरणमा हाजिर गर्ने र घर जाने मात्रै थियो । चिलिमेबाट केन्द्रमा तानिएपछि उनलाई प्राधिकरणले कुनै जिम्मेवारी नै दिएन । तर, जब उनी कार्यकारी निर्देशक बनेर आए, उनले आफूले के गर्न सक्छु भनेर देखाइसकेका छन् । कुलमानले थालेको लोडसेडिङ मुक्त अभियानले चौतर्फी प्रशंसा पाइरहेको छ । आखिर को हुन् त कुलमान ?

जहाँ लैजाउ, जता पढाऊ, सधैं प्रथम !

कुलमानको प्राथमिक शिक्षा गाउँमै वित्यो । उनी सधैं स्कुल फस्ट हुन्थे । ५ कक्षा पास गरेपछि उनी दाइहरुसँग काठमाडौं आए । उनका दाजु बानेश्वरमा बस्थे र थान्काको व्यवसाय गर्थे ।

काठमाडौं आएपछि कुलमानलाई उनका दाजुहरुले झोंछेको सरकारी स्कुल बालसेवा माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्ना गरिदिए । कुलमान त्यहाँ पनि प्रथम नै भए ।

तर, सेकेण्ड ब्वाई सिद्धार्थ बनस्थली गएपछि शिक्षकहरुले नै उनलाई पनि यति राम्रो पढाइ भएको केटो बोर्डिङ स्कुलतिरै जानु राम्रो भन्ने सुझाव दिए । दाजुहरुले उनलाई अमरआस बोर्डिङमा भर्ना गरिदिए । कुलमान त्यहाँ पनि फस्ट नै भए ।

जुन विद्यालयमा गए पनि सधैँ फस्ट हुने जादु के थियो ?
कुलमानले हाँस्दै भने- मेरो मेहनत हो ।’

उनले नेपालको लगानीबाट पनि विद्युत परियोजना सफल रुपमा बनाउन सकिन्छ भनेर प्रमाणित गरे, जुन उनको आफ्नो व्यक्तिगत करिअरका लागि टर्निङ प्वाइन्ट बन्यो

एसएलसीमा धेरैले कुलमान बोर्डमा पर्ने आश गरेका थिए । उनका सेकेण्ड ब्वाइ महेश ढकाल भने बोर्डमा परे । तर, कुलमानको ४ नम्बर पुगेन । त्यसपछि उनले अस्कल क्यापसबाट आईएस्सी गरे ।

त्यसपछि उनी छात्रवृत्तिमा भारतमा पढ्न गए । जम्सेदपुरबाट सन् १९९४ मा बीएस्सी इलेक्टिकल इन्जिनियर गरेपछि करिव ०५१ तिर उनी स्वदेश फर्केर नेपाल विद्युत प्राधिकरणमा सातौं तहको इन्जिनियरको जागिरे भए ।

काम गर्दै पढ्ने क्रममा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गरे ।

कुलमानले ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्ट’मा थेसिस गरेका थिए । अहिले प्राधिकरणको एमडी भएपछि उनी त्यसैमा काम गरिहेका छन् र सफल बन्न थालेका छन् । उनको पढाइ र काम एकसाथ मिलेको छ ।

कुलमान इञ्जिनियरमात्रै होइनन्, कुशल व्यवस्थापक पनि हुन् । उनले पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा इएमबीए पनि गरेका छन्, जसले व्यवस्थापनको पाटोमा पनि उनलाई विज्ञता प्रदान गरेको छ ।

कुलमान भन्छन्-मैले त्यसबेलै पूर्वानुमान गरेको थिएँ कि सन् २००५ बाट लोडसेडिङ हुन्छ, त्यही भइरहेको छ ।’

कुलमानको अध्ययन नै यसैमा छ कि विद्युतको मागको क्षेत्रबाट भार कसरी घटाउन सकिन्छ ? र समग्र एकीकृत लोडको ‘रिसोर्स प्लानिङ’ कसरी गर्ने ? कुलमानको अध्ययनमा आपूर्तिमात्रै होइन कि मागको पाटोले पनि पावर जेनेरेसन गर्छ । त्यस्तै ‘पिक लोड’ घटाउन सकियो भने त्यो नै ‘डिमाण्ड साइड’ हो ।

टर्निङ प्वाइन्ट बन्यो चिलिमे

प्राधिकरणमा काम गर्दागर्दै कुलमानले चिलिमेको जिम्मेवारी पाए । जतिबेला उनी दशौं तहमा थिए । उनले नेपालको लगानीबाट पनि विद्युत परियोजना सफल रुपमा बनाउन सकिन्छ भनेर प्रमाणित गरे, जुन उनको आफ्नो व्यक्तिगत करिअरका लागि टर्निङ प्वाइन्ट बन्यो ।

kulman-ghising

कुलमानले अपेक्षा गरेभन्दा समयमै सफलतापूर्वक परियोजना सफल मात्रै पारेनन्, सेयर दिएर स्थानीयलाई लखपति पनि बनाए । चिलिमेमा आफूले निकै मेहनतका साथ काम गरेको भन्दै कुलमान भन्छन्,- चिलिमेमा नेपालको स्रोत साधन कसरी प्रयोग गर्न सकिन्छ भन्ने आँखा खोलेका छौं । चिलिमेले १००० मेगावाट पनि नेपालीहरुबाटै बनाउन सकिन्छ भन्ने आँट दिएको थियो ।’

चिलिमेको सेयर जनताका हातबाट दलालहरुले फुत्काउन थालेपछि घिसिङले एउटै गाउँको करिब ७ करोड रुपैयाँ बराबरको सेयर फिर्ता गराए । यो घटनाले गर्दा रसुवाका जनताले कुलमानलाई आँखाको नानीभित्र राखेका छन् ।

तर, दुर्भाग्य भनौं, कुलमान आयोजनाबाट हटाइए र प्राधिकरणको केन्द्रमा तानिए । केन्द्रमा आएपछि उनले करिब दुई वर्षसम्म कुनै जिम्मेवारी पाएनन् । झण्डै २ वर्ष कार्यालय गएर हाजिर गर्ने र घर फर्कने दैनिकी बन्यो । अवस्था यस्तो आइसकेको थियो कि उनी राजीनामा दिने मुडमा पुगेका थिए ।

यो पनि पढ्नुस्: टिम कुलमान ! को-को छन् लोडसेडिङ हटाउने टिममा ?

एकातिर विद्युतको चोरी र कालोबजारी भइरहेको र अर्कातिर जनतामा लोडसेडिङको मार खेप्न बाध्य पारिएको देखेपछि उनी राजीनामा दिने मुडमा पुगे । तर, सरकारले उनलाई विश्वास गरेर जिम्मेवारी दियो र उनले झण्डै २ महिनाकै अवधिमा मुलुकमा केही गर्न सकिन्छ भन्ने सकारात्मक संकेत दिइसकेका छन् ।

प्राधिकरणको एमडी भए पनि जुनियर व्यक्ति भएको भन्दै प्राधिकरणकै केहीले कुलमानको विरोध गरेका छन् । तर, कुलमानले एमडी बन्नासाथ प्राधिकरणको स्थायी जागिरबाट राजीनामा दिएर बरिष्ठ भन्नेहरुलाई जवाफ दिएका छन् । जब कि कुलमानको स्थायी जागिर अझै १२ वर्ष बाँकी नै थियो ।

अहिले ४७ वर्ष उमेर पुगेका कुलमानले प्राधिकरणको एमडी बस्ने कुर्सीलाई ‘तातो कुर्सी’ को संज्ञा दिएका छन् । यस्तो कुर्सीमा पाको उमेरको मान्छेले काम गर्न गाह्रो हुने उनको भनाइ छ । ‘अहिले पो केही गर्न सकिन्छ, निर्णय क्षमता पनि हुन्छ, कसैले जेल नै हाल्छु भन्दा पनि डराइन्न, बिहान ७ बजेदेखि १० बजेसम्म लगातार खट्न सकिन्छ,’ कुलमान भन्छन्- ‘उमेर ढल्किएपछि त यो ‘हट सीट’मा बसेर कामै गर्न सकिँदैन । शरीरले नै साथ दिँदैन । त्यसैले सिनियर र जुनियर हैन, काम गर्न सक्नुपर्‍यो ।’

kulman-ghising-1

उनका अनुसार प्राधिकरणको एमडी पद ‘हट सिट’ हो । ५८ वर्षपछि कसैलाई त्यहाँ लागेर राखेर केही गर्न सक्ने वाला छैन । चाहे त्यो अहिले वाहवाही पाउने उनी आफैं किन नहुन् । उनको विश्लेषण छ, ‘जब केही गर्छु भन्ने जोस, जाँगर हुन्छ, निर्णय गर्ने क्षमता हुन्छ, त्यसलाई आइडल राखिन्छ । जब ५८ वर्ष पुग्छ, इनर्जी नै शेष भएको हुन्छ, अनि हट सिटमा राखेर हुन्छ ?’

कुलमान थप्छन्, ‘प्लेटफर्म पाएँ भने केही गर्न सकिन्छ भन्ने लागेको छ । चिलिमे एउटा प्लेटफर्म थियो । यो पनि त्यही हो ।’

‘झण्डै सचिव भइनँ…’

भारतमा पढेर आएपछि कुलमानले जागिरका लागि प्राधिकरणसहित तीन ठाउँमा नाम निकालेका थिए । मन्त्रालय र हवाई विभागमा छाडेर उनले प्राधिकरण रोजे, किनकी उनलाई लाग्यो अरु ठाउँमा पेपर वर्क मात्र हुन्छ । प्राधिकरणमा भए प्राक्टिकल नै हुन्छ ।

प्राधिकरणमा लामो समय काम गरेपछि नीतिगत तहमा जाने इच्छा पनि नजागेको होइन । केही समय एक सहसचिवका लागि लोकसेवाले खोलेको विज्ञापनमा लिखितमा नाम पनि निकाले ।

तर, अन्तरवार्तामा अर्कै छानिए । ‘त्यो बेला सहसचिव भएको भए म पनि सचिव भइसक्थें होला,’ उनी हाँस्दै भन्छन् ।

कुलमानले अहिले ‘पोलिसी लेभल’मा जाने सोच छाडेका छन् । भन्छन्, ‘मैले जुन प्लेटफर्म पाएको छु र मेरो जे क्षमता छ, त्यो देखाउने सही समय हो भन्ने लाग्छ ।’

२०७४ वैशाख २७ गते ७:१० मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

३८ प्रतिकृयाहरू प्राप्त
  • kendra लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते ७:५५

    हुने बिरुवाको चिल्लो पात भनेको यहि हो ।यस्ता योग्य मानास अरुपनि हुन सक्छन् खोजिगरि योग्यतानुसार कर्म गर्न दिए नेपालले फड्को मार्न सक्थ्यो ।

    196
    2
    Share

  • Krishna लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते ८:२५

    Bravo, Kulman ji. Pl. keep it up. We are with you. Regards and best wishes.

    95
    1
    Share

  • santosh लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते ८:५०

    Kulman Sir Ko Kaam ra mehenat lai Salute… But Kulman sir ko lagi Kathmandu matrai pyaro ho? aru thauka janata jasto sukai pida khepun no matlab ho? loadsheding antya garne bhanya chha hamro Biratnagar tira ta jhan badi batti janchha k ho yo? ki yata batti nadiyera utai matrai deko ho? Biratnagar ma ta batti jane schedule bhanda batti aaune schedule chahinchha yestai ho bhane… kati sahanu hau?

    42
    4
    Share

  • rajhaans लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते ८:५२

    के खाइन्छ, के पिइन्छ त्यो ठुलो कुरो हो, भाँडो पहिलो प्राथमिताको विषय हुँदैन । सुनको सफा थालमा खानेले पनि खाने भनेको चामलकै भात हो । हामीले पद्धतिलाई प्राथमिकतामा राख्नुपर्नेमा राजनीतिलाई प्राथमिकतामा राखिरहेका छौं । क्षमता र कार्यशैलीलाई प्राथमिकतामा राख्नुपर्नेमा राजनीति र पैसालाई प्राथमिकतामा राखिरहेका छौं । फाट्टफुट्ट कुनै गर्लाजस्तो व्यक्ति जन्मन्छ त्यसलाई राजनीतिकरण गरि हाल्दछौं । उसको प्रतिभालाई राजनैतिक आवरण भिराएर खुम्च्याइ हाल्दछौं । व्यक्तिमा हाम्रो बन्ने क्षमता हुन्छ, तर हामी उसलाई मेरो बनाइरहेका हुन्छौं । सके उसलाई, उसको विगतलाई नसके उसका मातापितालाई वा उसका परिवार सदस्यलाई भएपनि लगेर राजनीतिसँग जोडिरहेका हुन्छौं । यो गलत प्रवृत्ति हो । व्यक्तिको क्षमतालाई राजनैतिक वा तस्करको आँखाले हेर्ने परिपाटीको अन्त गरौं ।

    90
    2
    Share

  • Laxmi लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते ९:१२

    Sabai thauma yastai 4-6 jana manchhe bhaya ta kam hune raichha, go ahead Kulman, hurry we will support you and others as like you.

    39
    0
    Share

  • Mahesh Bhandari लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते ९:३१

    यस्ता योग्य मानास अरुपनि हुन सक्छन् खोजिगरि योग्यतानुसार कर्म गर्न दिए नेपालले फड्को मार्न सक्थ्यो ।

    49
    0
    Share

  • Rabin Marmali लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते ९:३४

    पुरानाभ्रस्टाचारी हरु, कमिशनखोरहरुले फेरी कुलमान घिसिङ्ग र उर्जा मन्त्रालय बिरुद्ध बिस बमन गर्दै छन अठार घण्टा लोड सेडिङ्ग गर्दा भ्रस्टाचारी सङ्ग मिलेर कमिशन खानेहरु कुलमानलाई र बर्तमान उर्जामन्त्री जनार्दन शर्माबिरुद्ध बिना आधार कमिशन खाएको झुटो प्रचार गर्ने गरेका छन् ।

    80
    1
    Share

  • R yadav लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते ९:४४

    Kulman lai badnaam garna chor byapari haru ra Kantipur lagi pareko chhan

    27
    0
    Share

  • BEDANIDHI CHAPAGAIN लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते १०:१८

    I THINK NO LONGER,HE GETS OPPORTUNITY TO HANDLE NEPAL ELECTRYCITY AUTHORITY.THIS A COUNTRY OF FRAUDS AND SO CALLED CORRUPTED POLITICAL LEADERS AND THEY ARE DRIVEN BY THIRD CONTROL SWITCH.

    10
    0
    Share

  • Mukhale लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते १०:२६

    Mahakali,Tanakpur bechne haru nai KHOKRE RASTRABAD ko Aadama KULMAN MATHI suniyojit rupma charitra hatyaa garne prayash gardai chhan kina bhane Loadseding Anta garaer KULMAN le uhiharuko abaidha dhanda ka bata haru banda garai die.Kuro ko churo yei nai ho.

    16
    1
    Share

  • Rajendra लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते १०:२७

    कुलमान र बर्तमान उर्जामन्त्री जनार्दन शर्माबिरुद्ध बिना आधार कमिशन खाएको झुटो प्रचार गर्ने गरेका छन् । कमिशनखोरहरुले फेरी झुटो प्रचार गरि राजनीतिलाई प्राथमिकतामा राखिरहेका छन् । यो गलत प्रवृत्ति हो । व्यक्तिको क्षमतालाई राजनैतिक वा तस्करको आँखाले हेर्ने परिपाटीको अन्त गरौं ।

    29
    0
    Share

  • pralad लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते १०:४६

    All the best kulmaan sir for the future endeavors.

    11
    0
    Share

  • Laxmi Bhadari लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते १०:५२

    एकदमै राम्राे काम यस काममा अरु भ्रष्टाचारी ब्यक्तीहरुले कुलमान जी लाइ कसरी त्यस ठाउबाट हटाउने भनी सडयन्त्र रच्न सक्छन् हाेसीयार भइ नेपाललाइ लाेडसेडी मुक्त देश बनाएर छाड्नु पर्छ ।यस्ता ब्यक्ति र उनीहरुकाे कार्यलाई देशले यतिवेला मुल्य‌‌कन गरी याेग्य ब्यक्तिलाई त्यही पदमा लामाे समय काम गर्ने मौका दिन पनी जरुरी छ।

    23
    0
    Share

  • Singman tamang लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते १०:५७

    Badarle aphno ghar pani banaudaina arulai pani banuna didaina ! Yo Bahunbadhi shaktile sarapeko Desh ho ! kam garne harule dherai uttar chadap bhognu parchha ! Tara janatale sadhdine chha go a head !

    8
    6
    Share

  • santosh manandhar लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते १०:५८

    we are proud & salute og u Kuleman Sir ! really u are nations hero hamilai tapai jastai manchhe ko khancho 6 na ki des bechera khane neta haru ko kunai biswash chhaina !

    jay nepal

    14
    0
    Share

  • Kp Tamrakar लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते ११:४२

    The people against Kulman Sir are all loadsgading -dogs(politicians,employees,) like one who was barking to leave country if Kiulman Ji can succeed to continue Noload shading in Baidakh. So all Nepalese are with you, keep it up.
    But be careful , with a currupted women in big power. You know who. They can trap you for their benefits. Pls be aware. You did a miracle to the people and country. No Nepalese are against you except those culprits.

    7
    0
    Share

  • Raju लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते ११:५३

    Simply the Great

    9
    0
    Share

  • r-china लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते १२:१४

    kulman is best example to differentiate between maobadi and yemale !

    11
    3
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते १२:२४

    Dear Kul Man Sir,
    Sebaro!!
    You are clean, no one can blame you that you are corrupted.
    BUT, BUT, In this corruption case Maoist has been scarifying you, because using your “Clean Face Value” they are stealing millions by speculation of led bulb. You are honest, but Maoists are putting gun on your shoulder and firing it. Be careful Kul Man Sir, you may not have taken single rupees but using your authority, face value, and clean image they are plotting this game. Lets Aktiya and CBI have to investigate futher.

    14
    1
    Share

  • उल्टे लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते १२:३४

    फलेको आप लाई नै झटारो हान्छन कुलमान जि प्रकृति को नियम हो

    17
    0
    Share

  • रामकाजी के.सी. लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते १३:२४

    अत्यन्त सान्दर्भिक सामाग्री!
    कुलमानलाई छिलिमेबाट विस्थाितपन किन गरिएको रहेछ, खोजी पत्रकारितामा अन्तरकुन्तर खोतलेको भए सुनमा सुगन्ध हुने थियो कि !

    12
    0
    Share

  • Sangam Khanal लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते १४:१७

    एकदम स्पष्ट भो, हजुर खुरापतीहरुको निन्द्रा हराम गर्ने कर्मठ क्षमतावान कर्मचारीमात्र होइन, दक्ष प्राविधिकपनि हो भन्ने । टेन्डर-सेन्डरका कुरा, PC(Personal Commission) दिदै गुण्डा पालेर भोट र नोट एकसाथ कमाउनेहरुलेमात्र गर्दछन । यसरी जिद्दी गरेर कुलमानप्रति दाग लगाउनेहरुले पुर्व प्राधिकरण प्रमुखहरुले दिनहु १८ घण्टा लोडसेडिङ गर्दा कति कमाए ? देश र जनतालाई घाटा कति लगाए ? त्यो खोजेर देखाउन । राष्ट्रवादको नाउँमा इमान्दार कर्मचारीप्रति आक्षेप लगाउनु र जनताहरुलाई दिगभ्रमित पार्नु अपराधमात्र होइन, महापाप हो । तपाइँकै पहलमा सिधा, नेपाली रु ३००/- बाट रु १४०/- मा पर्ने सस्तो र उहि गुणस्तरको बल्ब गरिब सर्वसाधारण जनताले खरिद गर्न पाउनु एकातिर भने अर्कोतिर २०० मेगावाट बिजुली बचत हुनु नेपाल र नेपाली जनताकै निम्ती सौभाग्य हो । नेपाल विद्युत प्राधिकरणमा हजुरले गर्नुभएको आमुल परिवर्तनप्रति म जस्तैः करोडौं नेपालीहरु नतमस्तक छन् । नखाएको विष लाग्दैन । शिर उच्च राखेर अघि बढिरहनु होस । शलाम छ हजुरलाई ।

    20
    0
    Share

  • Jaysan लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते १५:०७

    Keep it up we are always support you

    4
    0
    Share

  • prakash sigdel लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते १६:५६

    एकदमै राम्राे काम यस काममा अरु भ्रष्टाचारी ब्यक्तीहरुले कुलमान जी लाइ कसरी त्यस ठाउबाट हटाउने भनी सडयन्त्र रच्न सक्छन् हाेसीयार भइ नेपाललाइ लाेडसेडी मुक्त देश बनाएर छाड्नु पर्छ ।यस्ता ब्यक्ति र उनीहरुकाे कार्यलाई देशले यतिवेला मुल्य‌‌कन गरी याेग्य ब्यक्तिलाई त्यही पदमा लामाे समय काम गर्ने मौका दिन पनी जरुरी छ।

    12
    0
    Share

  • Karna Thami लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते १८:५१

    जिवनको यो मोड सम्म आउदा जति पढेलेखेको व्यक्ति भेटे। तिनिहरु सबैजनामा बेग्लै तानाशाहा देख्थे । बेग्लै स्वार्थ देख्थे । तर आज कुलमान सरको अभिव्यक्ति पढेर, उहा प्रतिको यो देश प्रेमको भावनाले शिक्षाले साच्चै देशको मुहार फेर्छ भन्ने कुरा थाहा भो । ‘Education is the most powerfull weapon, which you can used to change the World’.यो शब्द त्यतिकै नेल्सन भनेको होइन रहेछ, तर भष्टाचार, घुसखोरी र नातावाद, क्रिपावदले ढसेको हाम्रो देशको हरेक निकायमा कहिले कुलमान सर जस्तो व्यक्तिले स्थान पाउने होला ?

    9
    0
    Share

  • Shyam kumar Chaudhary लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते २०:२०

    I salut you Kulman Jee!
    You are proud of the nation You have to do many works in the electricity sector. Corrupted people are blaming you to fulfill their interest. Go ahead people are with you.

    4
    0
    Share

  • Chitrab लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते २२:३०

    हो,साथ कसैलाई दिनू परे,,,यी र यी जस्ता जनताका भलाकारीलाई दिईन्छ।यस्ताले अप्ठ्यारो पर्यो साथ देउ भनेर,भन्नु पर्यो।सक्दो सहयोग हुन्छ।

    7
    0
    Share

  • yuk grg लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते २२:३६

    kulman ghising sir runu huda ma pani roye

    5
    0
    Share

  • Raj लेख्नुहुन्छ    |   २०७४ वैशाख २८ गते ६:४०

    Salam 6a yasto Rastya Sewak harulai

    5
    0
    Share

  • D.Sherchan लेख्नुहुन्छ    |   २०७४ वैशाख २८ गते ८:४९

    Dear Kul Man Jee You are great

    6
    0
    Share

  • narendra Mahato लेख्नुहुन्छ    |   २०७४ वैशाख २८ गते ९:३२

    very good!!!
    Go on Kulman Ghising Sir!!!
    We want entrepreneur like this in every sector.

    3
    0
    Share

  • Narayan gurung लेख्नुहुन्छ    |   २०७४ वैशाख २८ गते १३:०२

    heros of the Nepal Kulmaan sir and Janaardan sir…

    2
    0
    Share

  • Bhumi Poudel लेख्नुहुन्छ    |   २०७४ वैशाख २८ गते १५:३३

    He is great.

    2
    0
    Share

  • subhash.yadav लेख्नुहुन्छ    |   २०७४ वैशाख २९ गते १२:२४

    YO DES MA KULMAN GHISING MD BIDIYUT MA NTC MA PURAB MD SUGTARATNA KASAKAR HAL RNC MA GM HUNUHUN CHHA ASAL NAGRIK HO R MERO BICHAR MA BISISTY SRENIMA SAMMAN GARNU PARNE HO R JHUTTHA AAROP LAGAUNE LAI 1 PATK LAI MAPHI 2 PATK DES NIKALA GARNU PARNE HO

    0
    0
    Share

  • Dharma Tamang लेख्नुहुन्छ    |   २०७४ वैशाख २९ गते १२:५८

    trafic police ma pani kulman jastae manche chahiyo yo trafic police lay pani khus khaera ko cha .

    0
    0
    Share

  • Shiba thapa लेख्नुहुन्छ    |   २०७४ वैशाख ३० गते ८:३३

    हाम्रो भन्दा राम्रोलाई चुन्नुस्
    देशले फड्को मार्छ

    0
    0
    Share

  • रामकुमार श्रेष्ठ लेख्नुहुन्छ    |   २०७४ वैशाख ३० गते १८:३५

    हामिले नपत्याएकाे काम गरेर देखाउने घिसिग ज्यु हामीले सम्मान गर्नपर्ने व्यक्तित्व हुनुभएकाे छ ।

    1
    0
    Share

  • DEEPAK लेख्नुहुन्छ    |   २०७४ वैशाख ३१ गते ९:३०

    Mai Khau Mai lau bhanne
    swarthi ra bhrasta basne desma kulman sirle RATRA BANAUNA sabai liyera haina sachcha manle yogdan diyera,tyag garera(sthai pad bata pani rajinama diyera)sara Nepalilai ujjalo dinu saknu SARAI PRASAMSANIYE kam ho.
    Sabai Nepalile KULMAN g jasto byaktilai sath diu ra Nepal baun.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this