Comments Add Comment

गाउँमा पुगेन मतदाता शिक्षा, मतदाता अन्यौलमा

२७ वैशाख, काठमाडौं । भेरीगंगा नगरपालिका–६, घारीबनकी तुलसी खत्रीलाई भेट्ने जतिले आ–आफ्नो चुनाव चिह्नमा भोट हाल्न आग्रह गरे । तर, कसैले पनि बदर नहुने गरी मतपेटिकामा मतपत्र खसाल्ने भनेर सिकाएनन् । ‘सबै आउँछन् माइकिङ गर्छन्, जान्छन्’, उनले भनिन्, ‘अहिलेसम्म कसैले पनि भोट हाल्ने तरिका सिकाएनन् ।’

तुलसी खत्रीजस्तालाई भोट हाल्ने तरिका सिकाउनुपर्ने जिम्मेवारी निर्वाचन आयोगबाट मतदाता शिक्षा स्वयंसेवकको हो । तर, उनीहरु निस्क्रिय भइदिँदा थुप्रै मतदाता अन्यौलतामा छन् । निर्वाचन आयोगले प्रशिक्षण दिएर प्रत्येक मतदान केन्द्रमा खटाएका स्वयंसेवकहरु आफ्नो मुख्य जिम्मेवारी छाडेर चुनावी रमझममै भुलेका छन् । कतिपय स्वयंसेवक त बीचमै जिम्मेवारी छाडेर उम्मेदवार बनेका छन् ।

६ नम्बर प्रदेशका ७९ स्थानीय तहको लागि आयोगले एक हजार २ सय २६ स्वयंसेवक भर्ना गरेको छ । वैशाख पहिलो सताबाट खटिएका उनीहरुको लागि जनही करिब १५ हजारको दरले एक करोड ८४ लाख रुपैयाँ खर्च गरिएको छ । गाउँमा भने यिनीहरुको चहलपहल देखिँदैन । नागरिक दैनिकमा कलेन्द्र सेजुवालले सुर्खेतबाट यो खबर लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment