+
+
Shares

प्रियंकाको प्रतिस्पर्धा इजरायली नायिकासँग

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २७ गते १७:०६


बलिउड नायक प्रियंका चोपडा अभिनित पहिलो हलिउड चलचित्र ‘बेवाच’ भारतीय चलचित्र घरमा प्रदर्शनका लागि तयार भएको छ । यो चलचित्रमा चोपडाको साथमा इजरायली नायिका गैल गैदातको मुख्य भूमिका छ ।

्इजरायली नायिकाले बलिउड नायिकालाई हलिउड चलचित्रमा टक्कर दिने भएकी छिन् । ‘ब्याटम्यान भर्सेज सुपरम्यान’ मा छोटो भुमिका निर्वाह गरेकी गैलले ‘वण्डर वुमन’मा मुख्य भुमिका निर्वाह गरेकी छिन् । यस चलचित्रमा उनी एउटी योद्धाको रुपमा देखिएकी छिन् । साथै समझदार र दयालु पनि ।

अंग्रेजी टेलिभिजन सिरिज ‘क्वान्टिको’ मा काम गरेकी पि्रयंका पहिलो पटक हलिउड चलचित्रमा देखिन लागेकी हुन् । पारामाउन्ट पिक्चर्समा बनेको ‘बेवाच’ सन् १९८९ मा बनेको टेलिभिजन शो माथि आधारित छ । यसमा लाइफगार्डको जीन्दगीको कथा प्रस्तुत गरिएको छ । भारतमा पनि यो सिरियल लोकप्रिय भएको थियो । अन्तरराष्ट्रिय बजारमा २५ मेमा रिलिज हुने यो चलचित्र एकसातापछि भारतमा प्रदर्शन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?