Comments Add Comment

जेठ दोस्रो साता प्रधानमन्त्री कप क्रिकेट, विजेतालाई २० लाख पुरस्कार

२८ बैशाख, काठमाडौं । आगामी जेठ दोस्रो साताबाट सर्वाधिक राशीको पहिलो प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जेठ ९ गतेदेखि सुरु भई २४ गतेसम्म चल्ने प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीको सहभागिता रहनेेछ ।

सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ र शीर्ष दुई टोली अघिल्लो चरणमा पुग्नेछन् । हरेक खेल जित्दा टिमले २५ हजार रुपैयाँ पाउनेछ ।

प्रतियोगिताको उपाधि विजेताले २० लाख रुपैयाँ पाउनेछ भने उपविजेतालाई १० लाख दिइनेछ । सेमिफाइनलमा पुग्ने बाँकी दुई टिमले पनि ५०-५० हजार पाउनेछन् ।

म्यान अफ दि सिरिजलाई १ लाख पुरस्कार राखिएको छ । उत्कृष्ट ब्याट्सम्यान र बलरले ५०-५० हजार पाउनेछन् भने उदयीमान खेलाडीले २५ हजार पाउनेछ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना र काठमाडौं ट्रेनिङ सेन्टरको व्यवस्थापनमा हुने प्रतियोगितामा सहभागी सबै खेलाडीको अनलाइन रजिस्ट्रेशन हुनेछ ।

यो प्रतियोगितालाई विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँग हुने खेलका लागि नेपाली टोली छनौटको आधारसमेत बनाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment