+
+

मोरङ व्यापार संघको अध्यक्षमा पवनकुमार सारडा

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २८ गते १८:५३


२८ वैशाख, काठमाडौं । मोरङ व्यापार संघको अध्यक्षमा पवनकुमार सारडा अध्यक्षमा चयन भएका छन् । बिहीबार सम्पन्न ३१ औं साधारणसभावाट सांसदसमेत रहेका सारडाको अयक्षतामा निर्विरोध कार्यसमिति चयन गरिएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा प्रकाश मुन्दडा, वाणिज्य क्षेत्रको उपाध्यक्षमा सुशीलकुमार जोशी, उद्योग क्षेत्रको उपाध्यक्षमा सुनिल टिवडेवाला, महासचिवमा नविन रिजाल, सचिवमा अनिलकुमार साह चयन भएका छन् ।

यस्तै, प्रवक्तामा विकास कुमार बेगवानी, कार्यसमिति सदस्यहरुमा अनुप राठी, अनिल सारडा, दिपेश सुवेदी, पवन राठी चयन भएका छन् ।

सदस्यमा देवाशिष गोल्छा, ललित बोहरा, मुकेशकुमार राठी, पियुष तोदी, मनिष कुमार मारु, राजन श्रेष्ठ, सुनिलकुमार विड्ला र ओमप्रकाश श्रेष्ठ चयन भएका छन् ।

यस्तै, संघको सल्लाहकारमा निर्वतमान अध्यक्ष अविनाश बोहरा छानिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?