+
+
Shares

दुवाकोटमा एकाबिहानै सिलिण्डर विस्फोट, दुई घरमा सामान्य क्षती

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २९ गते ८:५९
फाइल तस्वीर

२९ बैशाख, काठमाडौं । भक्तपुरको दुवाकोटमा अज्ञात समूहले सिलिण्डर विस्फोट गराएको छ । बिहान ३ बजेर २ मिनेटमा भएको विस्फोटबाट कुनै मानविय क्षति भने भएको छैन ।

चाँगुनारायण नगरपालिका-२ को पुरानो केएमसी अस्पताल नजिकै बाटोमा सिलिण्डर विस्फोट भएको हो । यो विस्फोट कसले गरायो भन्ने खुलेको छैन ।

प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईका अनुसार विस्फोटबाट नजिकै रहेको दुई घरको झ्यालका शिशा फुटेको छ । राप्रपा नेता माधव खत्री र पुष्प प्रधानाङ्गको घरको झ्यालका शिशाहरु फुटेका हुन् ।

स्थानीय चुनावमा मतदातालाई आतंकित पार्ने उद्देश्यले कसैले विस्फोट गराएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यसअघि बुधबार राति १२ बजे लोकन्थलीमा पनि सिलिन्डर बम विस्फोट गराउने तयारी गरेको थाहा भएपछि नेपाली सेनाको टोलीले निष्त्रिmय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?