+
+

राष्ट्रपति भण्डारी थाइल्याण्ड र श्रीलंका भ्रमणमा जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २९ गते ९:३४
फाइल तस्वीर

२९ बैशाख, काठमाडौं । राष्ट्रपति विद्या भण्डारी आज थाइल्याण्ड र श्रीलंका भ्रमणमा जाँदैछिन् । पाँच दिने विदेश भ्रमणका लागि राष्ट्रपति भण्डारी आज थाइल्याण्डको बैंकक प्रस्थान गर्दैछिन् ।

बैंककमा रहँदा राष्ट्रपति भण्डारीले स्व. थाई राजा भूमिबल अब्दुल्यादेजको पार्थिव शरीरमा माल्यार्पण गर्दै श्रद्धान्जली व्यक्त गर्नेछिन् । थाई राजा भूमिबलको गत वर्ष असोज २७ गते निधन भएको थियो । उनको पार्थिव शरीर ग्य्रान्ड प्यालसमा राखिएको छ ।

बैंककपछि राष्ट्रपति श्रीलंका जानेछिन् । राष्ट्रपति भण्डारी बुद्धजयन्तीको अवसरमा क्याण्डीमा आयोजित सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी हुने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले श्रीलंकाली समकक्षी मैत्रिपाला शिरिसेनासँग भेटवार्ता गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?