+
+

एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते १०:२३

७ जेठ, बुटवल। एमालेको नवौं जिल्ला अधिवेशनबाट बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न मत गणनाको नतिजाअनुसार गुरुङले डिल्ली बिसीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

गुरुङले २९१ मत प्राप्त गरेर विजयी हुँदा बिसीले १५४ मत पाए । पूर्वपत्रकार समेत रहेका बिसीलाई एमाले महासचिव शंकर पोखरेलको साथ थियो ।

निर्वाचनबाट उपाध्यक्षमा रत्न खत्री विजयी भएका छन् । प्रदेश सरकारका सामाजिक विकासमन्त्री समेत रहेका खत्रीले ३१३  मत पाएका छन् । उनका प्रतिस्पर्धी रवीन्द्र लम्सालले १३८ मत पाए ।

सचिवमा बलराम भट्टराई १३९ मतका साथ विजयी हुँदा खिलप्रसाद भुसालले १०६, भीम वलीले ९५ र दत्त आचार्यले ८८  मत पाएका छन् ।

उपसचिव महिलामा निर्मला सुनार विजयी भएकी छन् भने अर्का उपसचिवमा किशोर थापा विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?