Comments Add Comment

म जन्मिएको माटोले निर्वाचनमा जा भन्यो, त्यसैले भाग लिएँः उपेन्द्र यादव

२९ बैशाख, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई निकास दिन आफ्नो पार्टी निर्वाचनमा सहभागी भएको बताएका छन् । साथै आइतबार हुने पहिलो चरणको निर्वाचनमा उल्लेख जनसहभागिता हुने विश्वास व्यक्त गरे ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा फोरम अध्यक्ष यादवले मुलुकलाई निकास दिन आफ्नो पार्टी निर्वाचनमा सहभागी भएको बताए । उनले भने, ‘निर्वाचनमा नजाँदा किन गइनस् ? भन्छन् । निर्वाचनमा भाग लिँदा किन सहभागिता जनाइस् भन्छन् ? यो कस्तो प्रश्न होला, बडा विचित्र छ ।’

उनले अघि भने, ‘मैले आफू जन्मेको भूमिलाई सम्भिmएँ, निर्वाचनबाट मुलुकलाई अघि बढाउन सकिन्छ भन्ने सोचेर नै निर्वाचनमा सहभागी हुने निर्णय गरेको हुँ ।’

आन्दोलनबाट प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्न पनि निर्वाचनमा जानुको विकल्प नभएको देखेपछि चुनावमा जाने अपर्झट निर्णय लिएको उनले बताए ।

निर्वाचनमा भाग लिएपनि आफ्नो पार्टीले कुनै मुद्दा नछोडेको यादवको दाबी छ । उनले भने, ‘निर्वाचनमा भाग लिनु भनेको जनतामा जानु हो, यो पनि एउटा संघर्ष नै हो ।’

फोरम अध्यक्ष यादवले आफूहरुले उठाएका मुद्दा सम्बोधन गन सरकारले परिमार्जितसहित संविधान संशोधन विद्येयक सदनमा अघि बढाएकोले पारित हुने विश्वासका साथ आफ्नो पार्टी स्थानीय चुनावमा होमिएको जिकिर गरे । सरकारले सहमति अनुसार १७ गते नै संशोधन प्रस्ताव पारित गराउने प्रयास गरेको भएपनि राप्रपाका १० सांसद गायब भएकोले पारित हुन नसकेको स्पष्ट पारे ।

अब जेठ ४ गतेको लागि संसद बैठक बोलाएको भन्दै उनले सकेसम्म त्यही दिन नभए त्यही आसपासमा संशोधन प्रस्ताव पारित हुने समेत विश्वास व्यक्त गरे । यादवले भने, ‘मलाई विश्वास छ, संशोधन प्रस्ताव पारित हुन्छ ।’
साथै संशोधन प्रस्ताव पारित गराउनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सहयोग र समर्थन गर्ने विश्वास लिए । उनले थपे, ‘एमाले संशोधनमा बाधक बन्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment