सुत्ने सहि तरिका कस्तो हो ? खासै हेक्का राखेका हुँदैनौं । कोहि घोप्टिएर सुत्छन्, कोहि उत्तानो परेर । कोहि कोल्टो त कोहि खुट्टा खुम्च्याएर सुत्छन् ।
सुताइको पोजोसिनले हाम्रो स्वास्थ्यमा पनि प्रभाव पार्छ । त्यसैले सुत्ने तरिका सहि हुुनुपर्छ । यद्यपी नानीदेखि हामीलाई जस्तो बानी बस्यो, त्यसै गरिन्छ । सुत्ने पोजिसनबारे हामी उत्ति संवेदनसिल हुँदैनौ । कसरी सुत्ने त ?
पेटलाई थिचेर नसुत्ने
पेटलाई थिचेर वा कोल्टो परेर सुत्ने बानी धेरैको हुन्छ । यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ । यस किसिमको पोजिसनमा सुत्दा टाउको, गर्दन र मेरुदण्ड आफ्नो प्राकृतिक शेपमा रहदैन ।
घुँडा खुम्च्याएर सुत्नु
घुँडालाई खुम्च्याएर कुप्रो परेर सुत्नु स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । यसले गर्दन र पिठ्युमा असर गर्छ । छातीमा पनि नराम्रो असर गर्छ ।
देब्रेतिर कोल्टो परेर सुत्नु
देब्रोतिर कोल्टो परेर सुत्नु एकदमै राम्रो हुन्छ । यस किसिमको पोजिसनमा सुत्दा कब्जियत र एसिडिटीको समस्या हुँदैन । गर्दन र पिँठ्युको दुखाई पनि हुँदैन ।
पिठ्युको बलले सुत्नु
पिठ्युको बलले सुत्नुलाई राम्रो पोजिसन मानिन्छ । यसरी सुत्दा टाउको, गर्दन र मेरुदण्डको हड्डी प्राकृतिक सेपमा रहन पाउँछ ।
हात खुट्टा फैलाएर सुत्नु
हात खुट्टा फैलाएर सुत्ने तरिकालाई सहि मानिन्छ । यस पोजिसनमा सुत्दा ओछ्यानमा पिँठ्युको भार पर्छ । अझ दुबै खुट्टा फैलाएर हातलाई फोल्ड गरी टाउको मुनी राखेर सुत्नुपर्छ । यसले तनाव कम हुन्छ ।