+
+
Shares

पोखराको ट्रान्सपार्टीमा प्रहरी छापा, विदेशीसहित ५८ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ११ गते ११:४६

११ चैत, पोखरा । प्रहरीले पोखराको एक रेस्टुरेन्टबाट विदेशीसहित ५८ जनालाई नियन्त्रणमा लिएको छ । लेकसाइडमा सञ्चालित रेस्टुरेन्टमा आयोजित ट्रान्सपार्टीमा होहल्ला भएपछि प्रहरीले आइतबार राति उनीहरुलाई पक्रेको हो ।

वडा प्रहरी कार्यालय, वैदामका प्रमुख डीएसपी कोमल साहले ठूलो आवाजमा गीत बजाएर होहल्ला गरेपछि विदेशीसहित ५८ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

नियन्त्रणमा लिइएका २८ विदेशीलाई भने छाडिसकिएको साहले बताए । होहल्ला गर्नमा विदेशीको संलग्नता नभेटिएपछि छाडिएको जानकारी उनले दिए ।

बाँकी युवाको समूहलाई बैदाम प्रहरी पोस्टमा राखेर अनुसन्धान भइरहेको साहले बताए ।

प्रहरीले रेस्टुरेन्टबाट ठूलो मात्रामा लागूऔषधसमेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?