
११ चैत, विराटनगर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कोशी व्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुस्कर)सहित २ जना पक्राउ परेका छन् । श्रेष्ठसँगै आकाश शर्मा मोरङबाट पक्राउ परेका हुन् ।
श्रेष्ठ र शर्मा पक्राउ परेको प्रहरीले भने पुष्टि गरेको छैन । र, यसको विस्तृत विवरण पनि आउन बाँकी छ ।
यसअघि प्रहरीले नेकपाको मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओलीसहित ९ जनालाई पक्राउ गरेको थियो ।
घनश्याम श्रेष्ठ माओवादी जनयुद्धका बेला ब्यूरो सदस्य थिए । शान्ति प्रक्रियामा आएपछि उनले मिर्मिरे एफएमको प्रशासनिक जिम्मेवारी समेत सम्हालेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4