Comments Add Comment

रामेछापमा माओवादी र एमाले कार्यकर्ताबीच झडप

३० बैशाख, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिका-४ गौश्वारामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकताबीच झडप भएको छ । झडपमा ६ जना माओवादी कार्यकर्ता घाइते भएका छन् ।

दोरम्बा गाउँपालिकाको गौश्वारको खारपानीमा दुई पक्षबीच झडप हुँदा माओवादी केन्द्रका ६ जना कार्यकर्ता घाइते भएको प्रहरी प्रमुख प्रहरी नावय उपरिक्षक कमोद ढुँगेलले जानकारी दिए ।

घाइते मध्ये तुलबहादुर थापा, हिराबहादुर थापा र जितबहादुर थापामगर गम्भीर छन् । सो झडपमा देवीमाया थापामगर, हेमबहादु थापामगर, लोकबहादुर थापामगर पनि घाइते भएका छन् । घाइतेहरुलाई शनिबार बिहानै हेलिकोप्टर मार्फत उपचारको लागि काठमाडौं पठाइएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले एमालेका होमबहादुर थापामगर, दिपबहादुर थापामगर र बेयवबहादुर थापामगरलाई पक्राउ गरेको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय टोकरपुमा राखिएको छ ।

शुक्रबार राति नै मन्थली नगरपालिका-११ गेलुमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ ।

मन्थली नगरपालिका-६ भलुवाजोरबाट पनि आचारसंहिता विपरित काम गरेको भन्दै प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ ।

रामेछापको रामेछाप नगरपालिकाको गोठगाउँमा पनि काँग्रेस माओवादी र एमालेकाबीचमा विबाद भएको छ । विवादमा संलग्न भएको आरोपमा प्रहरीले रामेछाप नगरपालिका-१ का एमालेका वडा अध्यक्षका उम्मेदवार नरबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएकोमा शनिबार विहान छाडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment