Comments Add Comment

काठमाण्डौमा मतदान गर्न नपाएपछि करिश्माले पोखिन् श्रीमानसँग आक्रोश


नायिका करिश्मा मानन्धरले काठमाण्डौबाट मतदान गर्न नपाएपछि पति विनोद मानन्धरमाथि आक्रोश पोखेकी छिन् । नयाँ शक्ति नेपालकी केन्दि्रय सदस्य करिश्माले पति विनोद मानन्धरले आफूहरुका लागि गरेका हरेक कुरालाई ‘कृपा’ मान्नुपर्ने ? भन्दै आक्रोश पोखेकी छिन् 

उनले फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन्-‘विनोद, तिमी एउटा परिवारमा बस्छौ र परिवारका हरेक सदस्यहरुको आफ्नो अधिकार र चाहना हुन्छन् । तिम्रो एकल निर्णयले हुँदैन । सबै कुरामा तिमी नै मालिक बन तर केही कुरा सहन सकिदैन ।’

करिश्माले आफ्नो मतदाता नामाबली काठमाण्डौमा नभई राजबिराजमा पुगेपछि आक्रोश पोखेकी हुन् । पति विनोदले लाजिम्पाटबाट भोटिङ कार्ड लिदा आफ्नो र छोरीको मात्र बनाएको तर आफ्नो नबनाइदिएको समेत उनले उल्लेख गरेकी छिन् ।

उनले अगाडि लेखेकी छिन्-‘हामी लाजिम्पाटमा बस्छौ । आफ्नो र छोरीको बसाई सराई गरेर उहाँले भोटिङ कार्ड लिनु भएछ । तर उहाँले मेरो पनि लिनुपर्छ भनेर जरुरी संझिनु भएन । मैले उहाँलाई यो बिषयमा सोधेँ, तर वास्ता गर्नु भएन । म आफै गएर ३ घन्टा लाइन बसेर रजिस्टर गरेँ । बसाई सराइको कागज थिएनँ, त्यसैले सप्तरीको लिस्टमा पुगेछ । न म राजबिराजको हो, न त म त्यहाँ कैले बसेके छु । कसरी गएर भोट दिने ? अरु सबै कुरामा उ मेरो मालिक होला, तर मेरो नैसर्गिक अधिकारमा पनि स्वामित्व जमाउन खोजेको मलाई सह्य भएनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment