Comments Add Comment

उद्योगी ब्यवसायीले कहाँ-कहाँबाट भोट हाले ?


३१ बैशाख काठमाडौं । तीनवटा प्रदेशमा भइरहेको पहिलो चरणको स्थानीय तहको चुनावमा उद्योगी तथा व्यवसायीहरुले मत खसाल्ने क्रम जारी छ । केहि उद्योगी तथा व्यवसायीहरुले बिहानै भोट खसालिसकेका छन् ।

तर उद्योग बाणिज्य महासंघका अध्यक्ष र उपाध्यक्ष दुबैले यो चुनावमा मत खसालेनन् । अध्यक्ष भवानी राणाको मतदाता नामावली दास्रो चरण्को निर्वाचन हुने नेपालगञ्जमा छ भने उपाध्यक्ष सेखर गोल्छा देश बाहिर रहेका छन् ।

उद्योगपति विनोद चौधरीले पनि नवलपरासीबाट मतदान गरेका छन् । महासंघका बस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सानेपामा मतदान गरिसकेका छन् । त्यस्तै एसोसियटतर्फका उपाध्यक्ष चन्द्र ढकालले पनि मतदान गरिसके ।

एमालेका तर्फबाट बेनी नगरपालिकाका मेयर समेत उठेका जिल्ला नगरतर्फका उपाध्यक्ष प्रमोद श्रेष्ठ म्याग्दीबाटै मत हाल्दैछन् । उनी भन्छन् ‘म मतदान केन्द्रमै छु, माहोल हेरिरहेको छु । भोट बेलुकीसम्म खसाल्छु ।’

त्यस्तै महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान पनि डिल्लीबजारको चारखालबाट भोट हाल्दैछन् ।

उद्योगी तथा व्यवसायी किशोरकुमार प्रधानको नाम पनि बिराटनगर मै छ । त्यसैले उनले पनि यो निर्वाचनमा मत खसाल्ने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment