Comments Add Comment

रामेछापमा अहिले बिहानबाट मतगणना हुने

१ जेठ, रामेछाप । आइतबार भएको स्थानीयत तह निर्वाचनको मतगणना रामेछापमा सोमबार बिहानबाट हुने भएको छ । रामेछापका २ नगरपालीका र ६ गाउँपालिकाका ९० मतदान स्थलका १ सय ७० मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ ।

जिल्लाको उमाकुण्ड गाउँपालिका र दोरम्बा गाउँपालिकाका मतपेटिकाहरुको अझै मतगणनास्थलसम्म आइ पुगेका छैनन् । रामेछापका मुख्य निर्वाचन अधिकृत कीरणप्रसाद सिवाकोटीका अनुसार उमाकुण्डको गुम्देलको मतपेटीका मतगणनास्थलमा आउन बाँकि छ ।

सैगरी दोरम्बाको गौश्वाको तथा लखनपुरको मतपेटीका पनि आईपुग्न बाँकि रहेको छ । आइतबार साँझबाट रतभरि पानी परेको कारण मतपेटीकाहरु संकलनमा केही समस्या भएको थियो । ती स्थानका मतपेटीकाहरु अहिले मतगणना केन्द्रमा लगिदै छ ।

यसै गरी अन्य गाउँपालिका र नगरपालिकाका मतपेटीका संकलन भई सकेकाले अहिले सर्वदलितय बैठकहरु भई रहेका छन् । सर्वदलित बैठक सकिए पछि ती स्थानहरुमा खाना खाएर मतगणना सुरु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment