+
+
Shares

मनाङको चामे गाउँपालिकामा एमाले बिजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १ गते ८:४५

१ जेठ, चामे । हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामे गाउँपालिकाबाट एमालेले बिजयी शुरुवात गरेको छ ।

चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रवहादुर घले २१४ मत प्राप्त गरी बिजयी भएका छन् ।

निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । उपप्रमुखमा भने कांग्रेसका मुनिन्द्रजंग गुरुङ बिजयी भएका छन् ।

उनले १६९ मत प्राप्त गरेर बिजयी हुँदा एमालेकी टिकनदेवी गुरुङ ९ मतले पछि परिन् ।

मनाङमा एमालेले चुनाव जितेको इतिहासमै यो पहिलो पटक भएको जिल्ला अध्यक्ष त्रिपल पी गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?