Comments Add Comment

जापानमा ‘सायद २’को विशेष प्रदर्शन


नेपालमा असार ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सायद २’को विशेष प्रदर्शन जापानमा गरिएको छ । जापानका लागि नेपाली कार्यवाहक राजदुत कृष्ण चन्द्र अर्याल कार्यक्रमका प्रमुख अतिथी थिए । उनीसँगै करिब ५ सय नेपालीले चलचित्र हेरेका थिए ।

यो चलचित्रको जापान प्रदर्शनका लागि निर्माता सुनिल रावल, नायक सुशिल सिटौला, संचारकर्मीद्धय श्याम अर्याल र सचित खड्का जापान गएका थिए ।

चलचित्र हेर्न सबैले राम्रो कथामा चलचित्र बनेको भन्दै प्रशंसा गरेको संचारकर्मी अर्यालले जानकारी दिए । पुष्पराज न्यौपानेको निर्देशनमा तयार भएको यो चलचित्रमा सुशिल श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment