Comments Add Comment

रुकुमका १० वडाको नतिजा सार्बजनिक, ७ वडामा माओवादी र ३ वडामा कांग्रेस विजयी


१ जेठ, रुकुम । रुकुमका पाँच स्थानीय तहका १० वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमध्य ७ वडामा नेकपा माओवादी केन्द्र र ३ वडामा नेपाली कांग्रेस विजयी भएको छ ।

सानीभेरी गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ६ मा माओवादीको प्यानलै विजयी भएको छ । १ को अध्यक्षमा टेकबहादुर पुन विजयी भएका छन् । उनले ४ सय ४८ मत प्राप्त पाए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका खलबहादुर पुनले १ सय ७२ पाए ।

सानीभेरी गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्रका धर्मबहादुर पुन निवार्चित भएका छन् । पुनको पक्षमा ४ सय २८ र उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामबहादुर ओलीको पक्षमा १ सय ५३ मत परेको छ ।

वडा नम्बर ३ मा बिर्खबहादुर विष्टको प्यानल विजयी भएको छ । उनले ७ सय ६९ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लिलाधर खड्काले ४ सय १७ मत पाए ।

वडा नम्बर ४ मा माओवादीका नरसिंहे बुढाथोकी ४ सय ५८ मत ल्याएर अध्यक्षमा निवार्चित भए । बुढाथोकीको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अर्जुन विकले २ सय ८७ र एमालेका भिमे ओलीले ८७ मत प्राप्त पाएका छन् ।

वडा नम्बर ६ मा माओवादीका सर्वजित घर्ती अध्यक्षमा निर्वाचित भएका छन् । उनले २८८ मत प्राप्त गरे । घर्तीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्रबहादुर कुशारीले १ सय २८ मत पाएका छन् ।

त्यस्तै बाफिकोट गाउँपालिका वडा नम्बर १ मा पनि नेकपा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा हर्कु मल्ल २ सय १८ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कर्णबहादुर मल्लले १ सय ६८ प्राप्त पाए । मल्ल कांग्रेस, एमाले र नयाँ शक्तिको संयुक्त उम्मेदवार हुन् ।

यसैगरी रुकुमको चौरजहारी नगरपालिका १४ मा पनि नेकपा माओवादी केन्द्र विजयी भएको छ । उक्त वडाबाट अध्यक्षका उम्मेदवार माओवादीका अतिराम बिष्ट ६ सय ४५ मतका साथ विजयी भएको निर्वाचन अधिकृत परमानन्द घिमिरेले जानकारी दिए । दोस्रो स्थानमा रहेका कांग्रेसका थलबहादुर पुनले २ सय ९६ पाएका छन् ।

मुसिकोट नगरपालिकाका ३ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ । मुुसिकोटका १, २ र ३ वडामा कांग्रेसको प्यानलै विजयी भएको हो । वडानम्बर १ मा बिरवल केसी ६ सय १८ मतसहित अध्यक्षमा निर्वाचित भए । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका जंगबहादुर गिरीले ४ सय ९३ मत पाएका थिए ।

वडा नम्बर २ को अध्यक्षमा काशिराम खड्का निर्वाचित भए । खड्काले ३ सय ७२ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरबहादुर खड्काले २ सय २२ मत पाएका छन् ।

मुसिकोट नगरपालिकाको वडा नम्बर ३ को अध्यक्षमा कांग्रेसका भिमबहादुर खड्का २ सय २८ मतका साथ निर्वाचित भएका छन् । दोस्रो स्थानमा रहेका माओवादी केन्द्रका रविन्द्रविक्रम केसीले १ सय ९८ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment