Comments Add Comment

कास्कीको मादी गाउँपालिका प्रमुखमा एमालेका वेदबहादुर र उपप्रमुखमा विष्णु पौडेल विजयी

२ जेठ, पोखरा । मादी गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका वेदबहादुर गुरुङ (श्याम) विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवीजंग गुरुङलाई ९ सय ८४ मतले पछि पार्दै गुरुङ गाउँपालिका प्रमुखमा विजयी भएका हुन् । विजयी गुरुङले ४ हजार ६ सय ३७ मत प्राप्त गरे भने देवीजंगले ३ हजार ६ सय ५३ मत प्राप्त गरे ।

गाउँपालिका उपप्रमुखमा एमालेका विष्णु पौडेल विजयी भइन् । गुरुङले नेपाली कांग्रेसका प्रभाश्री गुरुङलाई १ हजार ३ सय ९२ मतले पछि पार्दै जित हात पारेकी हुन् । विजयी पौडेलले ४ हजार ५ सय २३ र पराजित प्रभाश्रीले ३ हजार १ सय ३१ मत प्राप्त गरे ।

मादी गाउँपालिकामा नेकपा एमालेले ६ वटा वडामा वडाध्यक्षसहित प्यानल जितेको छ भने नेपाली कांग्रेसले ३ वडामा वडाध्यक्षसहित प्यानल र नेकपा माओवादी केन्द्रले ३ वडामा वडाध्यक्ष जितेको छ ।

मादी गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । मादी वडा नम्बर १ को वडाध्यक्षमा एमाले उम्मेदवार सुरजकुमार गुरुङ विजयी भएका हुन् । उनले ६ सय २६ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवीजंग गुरुङले ५ सय मत प्राप्त गरे ।

महिला सदस्यमा एमालेका खासमाया गुरुङ, दलित महिला सदस्य रुपा सार्की र खुला सदस्यमा टीकाराम गुरुङ र भीमराज गुरुङसहित प्यानल विजयी भएको हो ।

वडा नम्बर २ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । मादी २ मा एमालेका उम्मेद्वार एक्काजंग गुरुङ ३ सय ९९ मत ल्याउँदै वडाध्यक्षमा विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोजबहादुर गुरुङले २ सय ९६ मत प्राप्त गरे ।

महिला सदस्यमा कल्पना गुरुङ, दलित महिला सदस्यमा विन्दुकुमारी परियार तथा खुला सदस्यमा देवन गुरुङ र दिलबहादुर गुरुङ बिजयी भएको निर्वाचन अधिकृत गुरुदत्त ढकालले जानकारी दिए ।

वडा नम्बर ३ को वडाध्यक्षमा मनबहादुर गुरुङको एमाले प्यानल विजयी भएको छ । गुरुङले ३ सय ५५ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका ज्यामबहादुर गुरुङले ३ सय २६ मत प्राप्त गरेका छन् । महिला वडा सदस्यमा कांग्रेसका धनमाया गुरुङ, दलित महिला सदस्यमा कमला विक र खुला सदस्यमा तेजबहादुर गुरुङ र लोकबहादुर गुरुङ विजयी भएका छन् ।

मादी गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्षमा सत्यराज सापकोटासहित एमालेको प्यानल नै विजयी भएको छ । सापकोटाले ४ सय ८३ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका विश्वराज सापकोटाले २ सय १२ मत प्राप्त गरेका छन् ।

यस्तै, महिला वडा सदस्यमा एमालेका लोककुमारी घर्ती, दलित महिला सदस्यमा कल्पना विक र खुल्ला सदस्यमा बृहस्पति सापकोटा र शिवप्रसाद सापकोटा बिजयी भएका छन् ।

मादी गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसले प्यानल जित हासिल गरेको छ । कांग्रेसले वडाध्यक्षमा रतनबहादुर गुरुङसहित प्यानल नै जित हात पारेको हो । वडाध्यक्षमा विजयी गुरुङ ५ सय २ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी सुब्बा गुरुङले ४ सय ३ मत प्राप्त गरे । महिला सदस्यमा कांग्रेसका पार्वती राना मगर, दलित महिला सदस्यमा सोममाया सार्की तथा खुला सदस्यमा सरोज केसी र हुमनाथ अधिकारी बिजयी भए ।

त्यस्तै, वडा नम्बर ६ मा एमालेका पसबहादुर बास्तोलासहितको प्यानल बिजयी भएको छ । वडाध्यक्षमा बिजयी बास्तोलाले ४ सय १७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खिमबहादुर जिसीले २ सय ३४ मत प्राप्त गरे । महिला सदस्यमा एमालेका शिवा त्रिपाठी, दलित महिला सदस्यमा सुन्दरी परियार तथा खुला सदस्यमा भीमबहादुर गुरुङ र चन्द्रबहादुर रानामगर विजयी भए ।

वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्रका लालबहादुर गुरुङ वडाध्यक्षमा विजयी भए । उनले ३ सय १२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बालकृष्ण गुरुङले २ सय ८० मत प्राप्त गरे । महिला सदस्यमा एमालेकी विष्णुकुमारी गुरुङ, दलित महिला सदस्यमा एमालेकै चित्रकुमारी विक, खुल्ला सदस्यमा माओवादीका नारायण सापकोटा र बिरबहादुर गुरुङ बिजयी भए ।

वडा नम्बर ८ मा वडाध्यक्षमा यामबहादुर गुरुङसहित कांग्रेसको प्यानल बिजयी भएको छ । विजयी गुरुङले ४ सय २६ र उनका निकटतम प्रतिद्वन्द्वी चन्द्रबहादुर सुबेदीे २४३ मत प्राप्त गरे । महिला सदस्यमा कांग्रेसकी लालदेवी घले, दलित महिला सदस्यमा पञ्चकुमारी सार्की तथा खुल्ला सदस्यमा कुलवीर गुरुङ र तुलाप्रसाद रिजाल बिजयी भए ।

वडा नम्बर ९ मा माओवादी केन्द्रका तोरणबहादुर गुरुङ वडाध्यक्षमा बिजयी भए । विजयी गुरुङले ४११ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मीनबहादुर गुरुङले ३०९ मत प्राप्त गरे । महिला सदस्यमा कांग्रेसकी रिता अधिकारी, दलित महिला सदस्यमा पदमकुमारी सार्की तथा खुल्ला सदस्यमा भीमबहादुर गुरुङ र सञ्जय गुरुङ विजयी भए ।

वडा नम्बर १० मा वडाध्यक्षमा कुलप्रसाद गुरुङसहितको एमाले प्यानल विजयी भएको छ । विजयी गुरुङले ५ सय ३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कृष्णबहादुर गुरुङले २७७ मत प्राप्त गरे । महिला सदस्यमा एमालेकै विष्णु सुवेदी, दलित महिला सदसयमा बिना दमाइँ तथा खुला सदस्यमा गमबहादुर गुरुङ र विष्णुप्रसाद गौतम विजयी भए ।

वडा नम्बर ११ मा नेकपा माओवादी केन्द्रका मित्रबहादुर गुरुङ वडाध्यक्षमा बिजयी भएका छन् । बिजयी गुरुङले २ सय ३५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमबहादुर तामाङले २ सय १८ मत प्राप्त गरे । महिला सदस्यमा कांग्रेसकी छल्बी गुरुङ र दलित महिला सदस्यमा कांग्रेसकी दुर्गा सूचीकार तथा खुल्ला सदस्यमा नेपाली कांग्रेसका ईश्वर गुरुङ र माओवादी केन्द्रका भीमप्रसाद काफ्ले विजयी भए ।

वडा नम्बर १२ को वडाध्यक्षमा चित्रबहादुर गुरुङसहित एमालेको प्यानल बिजयी भएको छ । वडाध्यक्षमा बिजयी गुरुङले ३ सय ३६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णचन्द्र बरालले २ सय ५६ मत प्राप्त गरे । महिला सदस्यमा एमालेकै सरिता पौडेल, दलित महिला सदस्यमा सिता दमाई तथा खुला सदस्यमा इन्द्रबहादुर खत्री र सूर्यबहादुर रानाभाट बिजयी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment