+
+

सानिमा बैंकले पनि निःशुल्क आश्वा सेवा दिने

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २ गते १६:३४


२ जेठ, काठमाडौं । गत माघ १ गतेदेखि सेयरमा आवेदन दिन आस्वा सेवा दिदै आएको सानिमा बैंकले आज (मंगलबार) बाट यो सेवा निशुल्क दिइरहेको छ ।

आस्वा प्रणालीबाट सेयरमा आवेदन दिदा लगानी गर्नेको खातामा नै सेयरमा हालिएको रकम रोक्का रहन्छ भने बाँडफाँट अनुसार परेको रकम मात्र त्यस खाताबाट सेयर बिक्री प्रबन्धकको खातामा रकमान्तर हुने गर्छ ।

यो सुबिधालाई अझ सरल तथा झन्झट रहित बनाउने उद्देश्यले यस बैंकले आफ्ना ग्राहकहरुलाई आश्वा अन्तर्गत अनलाईन सेयर आवेदन दिन सकिने सेवा समेत सुरु गरेको छ । यो सुबिधा बैंकमा खाता हुने ग्राहकहरुले ईन्टरनेट बैंकिङमार्फत उपयोग गर्न सक्ने छन् । बैंकको मेचीदेखि महाकाली सम्म ४५ वटा शाखा संजाल तथा ५३ वटा ए.टि.एम. रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?