Comments Add Comment

कास्की अपडेट: एमाले ३ र कांग्रेस १ स्थानीय तहमा विजयी

अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

३ जेठ, पोखरा । कास्कीको स्थानीय तहमा नेपाली कांग्रेसले जितको खाता खोलेको छ । कांग्रेसले अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा विजय हासिल गरेको हो ।

यससँगै एक महानगर र ४ गाउँपालिका रहेको कास्कीमा एमालेले ३ र कांग्रेसले १ स्थानीय तह जितेको छ । एमालेले मादी, रुपा र माछापुच्छ्रे गाउँपालिकाको प्रमुख तथा उपप्रमुख जितिसकेको छ ।

अन्नपूर्ण गाउँपालिका प्रमुखमा कांग्रेसका युवराज कुँवर विजयी भएका हुन् । विजयी कुँवरले ४ हजार ६ सय ७२ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर केसीले ४ हजार ४ सय ८ मत पाएका छन् ।

गाउँपालिकाको उपप्रमुखमा भने एमालेकी सगुन गुरुङ  ४ हजार ५ सय ८६ मत प्राप्त गर्दै विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी खिमकुमारी गुरुङले ४ हजार ४ सय ६९ मत पाएकी छिन् ।

कास्कीमा अब देशकै ठूलो पोखरा लेखनाथ महानगरपालिकाको मात्र मतपरिणाम आउन बाँकी छ ।

माछापुच्छ्रे गाउँपालिकाको ११ वडामध्ये ६ वडामा कांग्रेसको प्यानल र ४ वटा वडामा एमालेको प्यानल विजयी भएको छ । एउटा वडामा भने एमालेले वडाध्यक्ष र १ खुला सदस्य तथा कांग्रेसले महिला सदस्य, दलित सदस्य र एक खुल्ला सदस्य जितेको छ ।

कांग्रेसले वडा नम्बर १, ४, ५, ६, ८ र ९ मा प्यानल जितेको हो भने एमालेले वडा नम्बर ३, ७, १० र ११ मा प्यानल जितेको हो ।

वडा नम्बर १ को वडाध्यक्षमा भरतजंग कुँवरसहित कांग्रेसको प्यानल विजयी भएको छ । विजयी कुँवरले ४ सय ५७ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी एमालेका केदारनाथ अधिकारीले ४ सय १४ मत प्राप्त गरे । महिला सदस्यमा कांग्रेसका गंगादेवी केसी कुँवर, दलित महिला सदस्यमा राजकुमारी परियार तथा खुला सदस्यमा इन्द्रप्रसाद सुबेदी र नवराज श्रेष्ठ विजयी भए ।

वडा नम्बर २ मा एमालेका चुडामणि अधिकारी विजयी भएका छन् । विजयी अधिकारीले ४ सय ९० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शोभाखर अधिकारीले ४ सय ३२ मत प्राप्त गरे । महिला सदस्यमा कांग्रेसका भगवती भण्डारी, दलित महिला सदस्यमा नौली सुनार तथा खुला सदस्यमा कांग्रेसका मुक्तिराम अधिकारी र एमालेका देवराज भण्डारी विजयी भए ।

वडा नम्बर ३ को वडाध्यक्षमा चन्द्रबहादुर गुरुङसहित एमालेको प्यानल विजयी भएको छ । विजयी गुरुङले ७ सय ७ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गमबहादुर गुरुङले ३ सय २१ मत प्राप्त गरेका छन् । महिला सदस्यमा कमला केसी, दलित महिला सदस्यमा हरिमाया विक तथा खुला सदस्यमा रामजीप्रसाद पौडेल र कृष्णबहादुर केसी विजयी भए ।

वडा नम्बर ४ मा नेपाली कांग्रेसले वडाध्यक्षसहित प्यानल नै जितेको छ । अन्नपूर्ण ४ मा कांग्रेसका भरतबहादुर केसी वडाध्यक्षमा निर्वाचित भएका छन् । केसीले ४ सय २४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी ताईकाजी गुरुङले २८१ मत प्राप्त गरे । महिला सदस्यमा उजेली पाध्या, दलित महिला सदस्यमा विमला सुनार तथा खुल्ला सदस्यमा अमरबहादुर खत्री क्षेत्री र अनिलकुमार गुरुङ विजयी भए ।

वडा नम्बर ५ मा वडाध्यक्षसहित कांग्रेसले प्यानल नै जितेको छ । कांग्रेसका जीवनाथ पौडेल वडाध्यक्षमा निर्वाचित भएका छन् भने महिला सदस्यमा भगवती केसी, दलित महिला सदस्यमा बालिका कार्की तथा खुला सदस्यमा जसबहादुर विक र सहबहादुर कामी विजयी भए ।

वडा नम्बर ६ को वडाध्यक्षमा चित्रबहादुर गुरुङसहित कांग्रेस प्यानल विजयी भएको छ । महिला सदस्यमा कांग्रेसकी लक्ष्मी देवकोटा, दलित महिला सदस्यमा सेती कामी (विश्वकर्मा) तथा खुला सदस्यमा अम्बरबहादुर केसी र रामबहादुर गुरुङ विजयी भए ।

वडा नम्बर ७ को वडाध्यक्षमा घनश्याम चापागाईंसहित एमालेको प्यानल विजयी भएका छन् । महिला सदस्यमा एमालेका छत्रकुमारी गुरुङ, दलित महिला सदस्यमा चिजाकुमारी कार्मी तथा खुला सदस्यमा कर्णबहादुर क्षेत्री र कृष्णबहादुर मगर विजयी भए ।

वडा नम्बर ८ को वडाध्यक्षमा विजय गुरुङसहित कांग्रेसको प्यानल बिजयी भएको छ । महिला सदस्यमा भीमकुमारी क्षेत्री, गौमाया नेपाली तथा खुल्ला सदस्यमा अमृत गुरुङ र टेकबहादुर गुरुङ विजयी भए ।

वडा नम्बर ९ को वडाध्यक्षमा नेपाली कांग्रेसका बलबहादुर क्षेत्री वडाध्यक्षमा निर्वाचित भएका छन् । महिला सदस्यमा एमालेकी चन्द्रकुमारी गुरुङ, दलित महिला सदस्यमा एमालेकी सन्तुष्टि विक तथा खुला सदस्यहरुमा कांग्रेसका नजरमान गुरुङ र गनबहादुर पुन विजयी भए ।

वडा नम्बर १० को वडाध्यक्षमा कुमारप्रसाद गुरुङसहितको एमालेको प्यानल विजयी भएको छ । महिला सदस्यमा रिता क्षेत्री, दलित महिला सदस्यमा कमला सार्की तथा खुल्ला सदस्यमा मिनाकुमारी राना र अर्जुन विश्वकर्मा बिजयी भए ।

वडा नम्बर ११ मा एमालेको प्यानल विजयी भएको छ । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ को वडाध्यक्षमा एमालेका हिमबहादुर गुरुङसहित प्यानल नै बिजयी भएको हो ।

महिला सदस्यमा एमालेकी जगनमाया गुरुङ, दलित महिला सदस्यमा प्रमिला विक तथा सदस्यहरुमा रुद्रबहादुर क्षेत्री र इन्द्रमणि जैसी विजयी भएको निर्वाचन अधिकृत यमनाथ ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment