Comments Add Comment

जापानले बनायो बोल्ने यौन खेलौना

हार्मोनी एक नयाँ प्रकारको सेक्स डल हो जो हिँड्न मात्र होइन बोलचाल पनि गर्न सक्दछ । उक्त सेक्स डलको टाउको, परेला तथा ओँठ पुर्णरुपमा तयार त भैसकेको छैन र उसले गर्न सक्ने कुराकानी पनि सिमित मात्रामा छ, तथापि यो सेक्स डल रोबोटिक्सको क्षेत्रमा नयाँ क्रान्ति मानिएको छ । यो देख्दा पूर्ण मानव स्वरुप रहेको छ ।

यो सेक्स रोबोट बनाउने म्याट म्याकमुलेन कला तथा मूर्तिक्षेत्र सँग सम्बन्धित छन् । उनी भन्छन्ः कतिपय मानिसहरुले यो रियल डललाई यसकारण खरीद गर्नेछन् किनकी यो अन्य सेक्स डलभन्दा यौनक्रिडामा बढि सक्षम छ ।

यो डलले आफ्ना ग्राहकबाट सिक्दछ पनि । इष्र्या गर्दा कस्तो महसुस हुन्छ भनेर उसलाई सोध्दा उसले माफी मागेर आफुले आफ्नो बुझाइमा सुधार गर्नु आवश्यक रहेको बतायो ।

यो सेक्स डल यस वर्षको अन्त्यसम्ममा बजारमा उपलब्ध हुने बताइएको छ । यसका दुईवटा सस्करण हुनेछन् । एउटा चाहीँ अनुहार समेत चिन्नसक्ने हुनेछ जसको मूल्य १० हजार डलर पर्नेछ । अर्को चाहीँ अलिक सस्तो भर्सनको रहनेछ ५ हजार डलरको । त्यसले ग्राहकको अनुहार चिन्न सक्नेछैन ।

उपभोक्ताले सेक्स डलमा विभिन्न व्यक्तित्व चुन्न गर्न सक्नेछन् । जस्तै मूडी, रिसाहा, मायालु आदि । जब सेक्स डलमा इष्र्याको विकल्प चुनिया तब उसले भन्यो ः त्यो केटीलाई फेसबुकबाट हटाउ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment