Comments Add Comment

सल्यानको कुमाखमालिकामा माओवादी केन्द्र अगाडि

३ जेठ, सल्यान । कुमाखमालिका गाउँपालिका वडा नम्बर ७ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।

माओवादीको तर्फबाट वडा अध्यक्षका उम्मेदवार तुलाराम बोहरा ५ सय ५२ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टीकाराम खत्रीको ३ सय १७ मत प्राप्त गरेका थिए भने एमालेका चन्द्रबहादुर डाँगीले २ सय २ मत प्राप्त गरेका थिए ।

त्यस्तै महिला सदस्यमा सीता वली, दलित महिला सदस्यमा रुपा विक र खुला सदस्यहरुमा अकबर बोहरा र हस्तबहादुर बुढा विजयी भएका छन् ।

त्यस्तै, वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका गोपाल बुढाथोकी विजयी भएका छन् । सदस्यहरु भने सबै माओवादी केन्द्रका विजयी भएका छन् ।

महिला सदस्यमा उषा बुढाथोकी, दलित महिला सदस्यमा मीना विक र खुल्ला सदस्यमा जनक थापा र डिल्ली राना माओवादी केन्द्रबाट विजयी भएका छन् ।

प्रारम्भिक मतगणना अनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि माओवादी केन्द्रका उम्मेदवारहरु झण्डै दोब्बर मतले अगाडि छन् । माओवादी केन्द्र अध्यक्षका उम्मेदवार दिलमाया बुढामगरले ९ सय ६४ मत प्राप्त गरेकी छन् भने उपाध्यक्ष डिल्लीराज जैशीले १ हजार ६० मत प्राप्त गरेका छन् ।

त्यस्तै, कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार विवेकसिंह राठौरले ५ सय ४३ र उपाध्यक्षका उम्मेदवार उर्मिला रानाले ४८१ मत प्राप्त गरेका छन् । एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार भैरवबहादुर शाहले ४ सय ४३ मत र उपाध्यक्षका उम्मेदवार शान्ति चन्दले ४ सय ३१ मत प्राप्त गरेका छन् ।

कुल १२ हजार १ सय ९३ मतदाता रहेको कुमाखमालिका गाउँपालिकामा ८ हजार ८ सय ३८ जनाले मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment