Comments Add Comment

म्याग्दी अपडेटः अन्नपूर्ण गाउँपालिकामा कांग्रेस उम्मेदवार विजयी

३ जेठ, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका डमबहादुर गर्वुजा पुन ३३२० मतका साथ विजयी बनेका छन् । नेकपा एमालेका नारायण पुनलाई १९३ मत अन्तरले पराजित गर्दै पुन विजयी बनेका हुन् ।

गाउँपालिका उपप्रमुखमा कांग्रेसकी केशमाया मगरले जितेकी छन् । उनी ३२४५ मत ल्याएर विजयी बनेकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी दुर्गादेवी पाइजाले ३१८६ मत प्राप्त गरेकी छन् ।

८वडा रहेको अन्नपूर्ण गाउँपालिकाका वडामा भने मिश्रित परिणाम आएको अन्नपूर्ण गाउँपालिकाका निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment