Comments Add Comment

यस्तो छ भक्तपुरका चार नगरपालिकाको परिणाम

३ जेठ, भक्तपुर । भक्तपुर जिल्लाका ४ नगरपालिकामा मतगणना जारी छ । अहिलेसम्मको मतगणना अनुसार भक्तपुर नगरपालिकाको वडा नम्बर १, २, ३, ४ को अध्यक्षमा नेपाल मजदुर किसान पार्टीले विजय हासिल गरेको छ ।

वडा नम्बर १ मा श्यामकृष्ण खत्री, २ मा हरिप्रसाद बासुकला, ३ मा राजकृष्ण गोरा र ४ मा कुमार चवालको पुरै प्यानल विजयी भएको छ ।

यसैगरी मध्यपुरथिमीको वडा नम्बर १ मा नेपाली कांग्रेसका सुरज खड्काको पुरै प्यानल विजयी भएको छ भने वडा नम्बर २ को अध्यक्षमा राम थापा मगर विजयी भएका छन् । वडा नम्ब २ मा एक महिला सदस्यमा एमालेले जित हासिल गरेको छ ।

यसैगरी, सूर्यविनायक नगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा एमालेका सानुकाजी कायस्थको पुरै प्यानलले जितेको छ ।

वडा नम्बर २ मा नेपाली कांग्रेसका कमलनाथ आचार्य बिजयी भएका छन् । उक्त वडामा खुल्ला एक वडा सदस्यमा एमालेले जितेको छ । सूर्यविनायक नगरपालिका एमाले अध्यक्ष केपी ओलीको मतदान केन्द्र भएकाले निकै चासोको बिषय भएको थियो ।

त्यस्तै, चाँगु नारायण नगरपालिकामा भने आजमात्र मतदान भएको छ । मतदान केन्द्रबाट मतपेटिका मतगणना स्थानमा पुर्‍याइसकिएको छ र मतगणना पनि सुरु भएको छ ।

हालसम्ममा भक्तपुर नगरपालिकाको मेयरमा नेमकिपाका उम्मेद्वार सुनिल प्रजापति ९ हजार ४ सय ८८ मतसहित अग्रस्थानमा छन् । उपमेयरमा रजनी जोशीले ९ हजार ५ सय ६ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका मेयर रामप्रसाद कासुलाले ३ हजार ८ सय ८६ र उपमेयरमा गंगालक्ष्मी अवालले ३ हजार ८ सय २० मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् ।

सूर्यबिनायक नगरपालिकामा मेयर पदका कांग्रेस उम्मेदवार विष्णुराज कार्की ३ हजार १ सय ३९ र उपमेयरकी उम्मेदवार एमालेकी जुना बस्नेत ३ हजार २ सय २२ मतसहित अग्रस्थानमा रहेका छन् ।

त्यस्तै मेयर पदमा एमालेका बासुदेव थापाले २ हजार ५ सय ९४ र उपमेयरमा कांग्रेसकी उम्मेदवार कल्पना राजथलाले २ हजार २ सय ६८ मत पाएकी छन् ।

मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार अष्ट कवें ३ हजार १ सय ५५ र उपमेयरकी उम्मेदवार अन्जना मधिकर्मी ३ हजार २ सय ८३ मतसहित अग्रस्थानमा रहेका छन् ।

त्यस्तै एमालेका मेयर उम्मेदवार मदनसुन्दर श्रेष्ठले २ हजार ५ सय ५८ र उपमेयरमा नेमकिपाका उम्मेदवार केदार खड्काले १ हजार ४ सय १८ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment