Comments Add Comment

कालिकोट : ५ तहमा माओवादी र १ तहमा एमाले विजयी

२ वटामा मतदान हुँदै, १ को मतगणना जारी

४ जेठ, कालिकोट । कालिकोटका ९ स्थानीय तह मध्ये ६ स्थानीय तहको मत परिणाम आएको छ । २ वटामा निर्वाचन हुँदैछ भने महाबै गाउँपालिकामा मतगणना जारी छ ।

अहिलेसम्म सार्वजनिक नतिजा अनुसार कालिकोटको पचालझरना गाउँपालिकामा माओवादी केन्द्रका खड्क सेजुवाल १ हजार ६ सय २३ मत ल्याएर निविजी भएका छन् ।

सेजुवालका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेस भानुभक्त सञ्ज्याल १ हजार १८७ मत ल्याएका छन ।

उपप्रमुखमा माओवादी केन्द्रकै तारा न्यौपाने १ हजार ५६८ मत निर्वाचित भएकी छन् भने उनका निकटम प्रतिद्वन्दी एमालेका दक्षिणा शाहीले १ हजार २४७ मत ल्याएकी छन् ।

त्यस्तै पलाता गाउँपालिकामा पनि माओवादी केन्ऽकै लक्ष्मण बमले १ हजार ४२० मत ल्याएर निर्वाचित भएका छन् ।

निकटम प्रतिद्वन्दीमा नेपाली कांग्रेसका केशरसिंह बमले १ हजार १८३ मत ल्याएका छन । उपप्रमुखमा माओवादी केन्द्रकै दाना न्यौपानेले १ हजार ३७१ मत निर्वाचित भएका छन भने उनका निकटम प्रतिद्वन्दीमा नेपाली कांग्रेस सुर्जकला रोकायाले १ हजार ७१ मत ल्याएका छन् ।

कालिकोटको रास्कोट नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रका काशिचन्ऽ बराल बिजयी भएका छन् ।

बरालले २ हजार ११५ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेमा मनीप्रसाद बरालले १ हजार ८३० मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा माओवादी कै मिमसरा बम शाही बिजयी भएकी छन् । शाहीले २ हजार २ सय ३५ मत ल्याएकी थिइन् । उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उमा शाहीले १ हजार ८७२ मत ल्याएकी छन् । रास्कोट नगरपालिकाका ९ वटा वडाहरुमा भने मिश्रति नतिजा आएको छ ।

खाँडाचक्र नगरपालिकामा भने नेकपा एमालेमा उम्मेदवार जसीप्रसाद पाण्डे बिजयी भएका छन । पाण्डेले २ हजार २ सय ८ मत ल्याएर बिजय भएका छन भने उनका निकतम प्रतिद्वन्दी माओवादी केन्द्रका लक्ष्मीप्रसाद चौलागाईले १ हजार ४६१ मत ल्याएका छन् ।

उपमेयरमा पनि नेकपा एमाले कै बिजया बिष्ट बिजयी भएकी छन । बिष्टले १ हजार ९८७ मत ल्याएर बिजयी भएकी हुन् ।

उनका निकटम प्रतिद्वन्दी माओवादी केन्द्रका गंगा खड्काले १ हजार ४ सय ६५ मत ल्याएकी छन ।

कालिकोटाको सान्नी त्रिवेणी र तिलागुफा नगरपालिकामा भने यसै अघि नै नतिजा आइसकेको छ । यी दुवै तहमा पनि माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् ।

कालिकोटका कालिका र नरहरिनाथमा भने मतदान हुँदैछ । विप्लव माओवादीबाट निर्वाचन सामग्री लुटिएपछि यी दुर्इ तहमा पुनः निर्वाचन हुने भएको हो ।

महाबै नगरपालिकाको मत परिणाम भने साँझसम्म आउने जिल्ला निर्वाचन अधिकृत जितबहादुर शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment