Comments Add Comment

बुढेसकालमा ज्यान बनाउँदै अनुपम खेर, देखिए यस्ता

बलिउडका पुराना अभिनेता अनुपम खेर ६२ वर्षका भए । यो उमेरमा उनलाई ज्यान बनाउने भुत सवार भएको छ ।

अनुपमले हालै इन्स्ट्राग्राममा आफ्नो ट्रान्सफर्मेसनको तस्वीर सेयर गरेका छन् । सो तस्वीरमा उनको शरीर सलमान खानको भन्दा कम देखिदैन । तस्वीर सेयर गर्दै उनले लेखेका छन्, ‘वजन घटाउनु एउटा स्वस्थ निर्णय हो । स्थाई प्रकृतिको ।’

अनुमप चाँडै नै अक्षयकुमारको आगामी फिल्म ‘ट्वाइलेटः एक प्रेमकथा’ मा देखिँदैछन् । उनी हलिउड फिल्म ‘बिग सिक’ मा पनि अभिनय गर्दैछन् । यीनै फिल्महरुको तयारीका लागि उनले आफ्नो ज्यान बनाएको अनुमान पनि गरिएको छ ।

त्यसो त पछिल्लो एक वर्षदेखि अनुपमले आफ्नो फिटनेसमा ध्यान दिँदै आएका थिए । उनले अहिलेसम्म १६ किलो वजन कम गरिसकेका छन् । ५ फिट ७ इन्चका अनुपमको वजन पहिले ७२ रहेकोमा अहिले ५६ किलोमा झरेको छ ।

अनुपमले वजन घटाउनका लागि उचित एक्सरसाइज प्लान फलो गरिरहेका छन् । उनी दैनिक आफ्ना ट्रेनर एन्थोनी जाधवको गाइडिङमा वर्कआउट गर्ने गर्छन् ।

एक्सरसाइजका अलावा उनले आफ्नो डाक्ष्ट पनि सन्तुलित राखिरहेका छन् । अनुपम भन्छन्, ‘म जंक फुडबाट टाढा रहन्छु, र फलफुल बढि खान्छु । यसले सुगर लेभल पनि नियन्त्रणमा रहन्छ र शरीरलाई ताकत पनि दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment