Comments Add Comment

बिकिनी अवतारमा सैफकी छोरी, तस्वीर बन्यो भाइरल

बलिउड अभिनेता सैफ अली खानकी छोरी फेरि एकपटक चर्चामा आएकी छिन् । पछिल्लोपटक उनको चर्चा भएको हो, बिकिनी लगाएको तस्वीरलाई लिएर ।

यो तस्वीर टीभी प्रोड्यूसर विकास गुप्ताले इन्स्टाग्राममा केही बेर राखेर डिलिट गरेका थिए । तर त्यतिञ्जेलमा धेरैले कपि गर्न भ्याइसकेका थिए । फलत उनको तस्वीर चाँडै नै सामाजिक सञ्जालमा भाइरल बन्यो ।

तस्वीरमा कालो-सेतो रंगको बिकिनी लगाएकी सारा गुप्तासँग लपक्क टाँसिएकी छिन् । गुप्ता गत साता मुम्बईको जे डब्लु म्यारियट होटलमा पार्टीमा आएका बेला सारासँग उनको भेट भएको थियो । त्यही बेला यो फोटो खिचिएको अनुमान गरिएको छ ।

साराको बलिउड डेब्यूलाई लिएर अनेकथरी समाचार मिडियामा आइरहेका छन् । केही समयअघि उनले करण जौहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर-२’ बाट डेब्यू गर्ने चर्चा थियो । तर ताजा अपडेट अनुसार उनलाई सलमान खानले लन्च गर्न सक्छन् ।

सलमानले आफ्नो होम प्रोडक्सनमा बन्ने आगामी फिल्ममा ज्वाईं आयूष शर्मालाई हिरो बनाउँदैछन् । यही फिल्मकी हिरोइनको रुपमा साराको नाम चर्चामा आएको छ । सारालाई फिल्मको स्त्रिmप्ट पठाइसकिएको र उनले जवाफ दिन बाँकी रहेको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment