Comments Add Comment

गोकर्णेश्वर नगरपालिकामा मतगणना नसकिँदै एमालेद्वारा हार स्वीकार

५ जेठ, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका प्रमुखका एमाले उम्मेदवार पुण्यप्रसाद चौंलागाईंले आफ्नो हार स्वीकार गरेका छन् । मत गणना नसकिँदै चौलागाईंले फेसबुक पेजमार्फत् एमाले हारेको बताएका छन् ।

गोकर्णेश्वर नगरपालिका कांग्रेसका मेयर उम्मेदवार सन्तोष चालिसेले अग्रता कायम राखेका छन् ।

एमाले उम्मेदवार चौलागाईंले फेसबुकमा लेखेका छन्, ‘जन्मपछि मृत्युु यथार्थ जस्तै चुनावी मैदानमा होमिएपछि हार वा जीत पनि यथार्थ हो । त्यसैले हामीलाई यो पटक हार हात परेको छ । हार नै जितको संकेत हो भने झै हामीले हारेका छौं ।’

चुनावमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिँदै उनले एमालेलाई चुनावमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

हेर्नुहोस् पुण्यप्रसाद चौलागाईंको फेसबुक स्टाटस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment