+
+
Shares

‘काले दाइ’मा आइटम नगर्दा दुःखी छैन, बिहे गर्ने योजना छैनः नम्रता श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ५ गते १६:५८


जेठ १२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पर्व’मा समावेश ‘काले दाई काले दाई’ बोलको गीत अहिले निकै चर्चामा छ । युटुबमा १ करोड भन्दा बढी दर्शक पाएको यो गीतलाई अधिकांश नेपालीले रुचाएका छन् । यो गीतमा चलचित्रकी नायिका माला लिम्बुले आइटम नृत्य गरेकी छिन् ।

यही गीतका कारण मालाले अहिले सर्वाधिक चर्चा पनि पाइरहेकी छिन् । यो चलचित्रको मुख्य भूमिकामा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की छन् । टीभी फिल्मी र सुवास इन्टरटेन्मेन्टले मिलेर बनाएको चलचित्रका निर्माता निकिता पौडेल र सुवास गिरी हुन् । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । जो, मन छुने चलचित्र निर्देशनमा चर्चित छन् ।

चलचित्रको निर्माण यूनिटले आज पत्रकारहरुसँग भेटघाट गरेको छ । भेटघाट कार्यक्रममा बोल्दै नायिका नम्रता श्रेष्ठले आफूहरुले एउटा फरक बिषयमा चलचित्र बनाउने कोशिश गरेको बताइन् । चलचित्रको हिट गीत ‘काले दाई काले दाई’मा नृत्य नगर्दा यो गीतलाई मिस गर्नुभएको त छैन भन्ने प्रश्नमा उनले भनिन्-‘पक्कै पनि छैन । कारण, यो गीतको भिडियोमा मालालाई नै सुहाएको छ । मैले नृत्य गरेकी भए कथावस्तु नै अर्कै हुन्थ्यो ।’

चलचित्रका नायक कोशिश क्षेत्रीले आफूहरुले चलचित्र नगरीलाई एउटा फरक कथामा नयाँ शैलीको चलचित्र दिन खोजेको बताए । यो चलचित्रको व्यापारले आफूलाई पनि प्रभाव पार्ने भन्दै उनले भने-‘चलचित्र शत प्रतिशत चल्छ । गीतसंगीत, कथावस्तु, नयाँ प्रयोगका कारण पनि दर्शकले चलचित्र मन पराउनुहुन्छ ।’

यस्तै, नायिका माला लिम्बुले आफू डान्सर र नायिका दुबै भएको बताइन् । उनले, चलचित्रको टिम, कथावस्तु, गीतसंगीत सबै राम्रो भएकाले दर्शकले हेर्नुपर्ने बताइन् । नव-नायिका जेबिका कार्कीले भनिन्-‘अहिले हेर्दा नम्रता दिदी र माला दिदीको बिचमा म चेपिए जस्तो देखिएला । तर, चलचित्र चलेपछि भने दर्शकले मेरो कामलाई रुचाउनुहुनेछ ।’

यस्तै, चलचित्रका छायांकार राजेश श्रेष्ठले आफूले हरेक चलचित्रमा फरक शैलीको छायांकन गर्न खोजेको भन्दै यो टिमसँग काम गर्दा सजिलो हुने बताए ।

चलचित्रका कलाकार जेठ १२ गते रिलिज हुने ‘पर्व’लाई दर्शकले मन पराउनेमा विश्वस्त छन् । सस्पेन्स-थ्रीलर कथामा बनेको यो चलचित्रले नेपाली चलचित्र क्षेत्रमा नयाँ शैलीको कथाको विकास गर्ने उनीहरुको कथन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?