Comments Add Comment

काठमाडौंको बानियाटारमा ट्रकको ठक्करबाट उपसचिवको मृत्यु

६ जेठ, काठमाडौं । काठमाडौंको बानियाँटारमा ट्रकको ठक्करबाट सहकारी विकास वोर्डका उपसचिव ऋषिराम पण्डितको मृत्यु भएको छ ।

शनिबार बिहान पौने ५ बजे बा २ ख ५७३० नम्बरको ट्रकले पण्डितलाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तनहुँको व्यास नगरपालिका-९ स्थायी घर भएका पण्डित काठमाडौंको टोखामा बस्दै आएका थिए ।

पिपलको रुखमा जल चढाउन भनेर शनिबार बिहान श्रीमतीसँगै निस्किएका बेला उनलाई ट्रकले ठक्कर दिएको थियो । भुइँमा लडेका पण्डितलाई श्रीमतीले बचाउन खोज्दाखोज्दै ट्रक चालकले व्याक गरेर किचेको प्रत्यक्षदर्शीले बताएका छन् ।

ट्रकसहित चालकलाई महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।

ताथलीमा पनि पैदलयात्रीको मृत्यु

भक्तपुरको ताथलीमा पनि गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । शनिबार बिहान पौने १२ बजेतिर अनटेष्ट लेखिएको जेसीबीको ठक्करबाट गुल्मी घर भई हनुमान ईंटा कारखाना बस्ने ३० वर्षीय गौतम विकको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा युवा मोरा अस्पताल भक्तपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सवारी साधनसहित चालकलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment