+
+

टोपबहादुर रायमाझीको दाबीः संसदको चुनावसम्म माओवादी ‘टप’ हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ६ गते १७:४६

६ जेठ, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलेआफ्नो पार्टीले राम्रो भोट पाएको बताएका छन् । तर, आशा गरेजस्तो मत नआएको स्पष्ट पारे ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा रायमाझीले भने, ‘हामीले ०७० को निर्वाचन भन्दा राम्रो मत पाएका छौं तर, हामीले यो भन्दा धेरै नै आशा गरेका थियौं ।’

दोस्रो चरणको चुनावमा सुधार गर्ने, प्रदेशको चुनावमा धेरै राम्रो गर्ने र केन्दि्रय संसदको चुनावमा माओवादी टप हुने दाबी गरे । उनले भने, ‘माओवादी पहिलो पार्टी हुन्छ तर, केन्द्रीय संसदको चुनावसम्म धैर्य गर्नुहोस् ।’

नेता रायमाझीले पार्टी विभाजनको बावजुद तेस्रो स्थानमा आउनु खुशीको कुरा भएको बताए । उनले थपे, ‘भन्नको लागि त यहाँ माओवादी अब पाँचौ वा छैटौंमा पुग्छ पनि भनियो । तर हामीले त्यसलाई विश्वास गरेका थिएनौं, किनकी माओवादी त्यसै हराएर जाने पार्टी होइन, यो आन्दोलन हो ।’

उनले पहिलो चरणको चुनाव सफल भएसँगै संविधान कार्यान्वयन अघि बढेको र प्रतिक्रान्तिको खतरा टरेको समेत स्पष्ट पारे ।

माओवादी नेता रायमाझीले दोस्रो चरणको निर्वाचन अब कुनै पनि हालतमा नरोकिने स्पष्ट पारे । उनले थपे, ‘अब निर्वाचन रोकिँदैन, अन्तिमसम्म पनि हामी मोर्चाका मागहरु पूरा गराउन प्रयत्न गछौर्ं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?