Comments Add Comment

पृथ्वीनारायणदेखि प्रचण्डसम्मः कीर्तिपुरले किन गर्छ पटक-पटक चमत्कार ?

कीर्तिपुरका मेयरको पहिलो निर्णय-नेपाल भाषालाई कामकाज बनाउने

 

७ जेठ, काठमाडौं । चुनावअघि काठमाडौंका १० नगरपालिकामा कुन दलको अवस्था मजबुत छ भनेर धरातलको अवस्था बुझ्ने क्रममा हामी कीर्तिपुर पुगेका थियौं । एमालेका नेताहरुले हार्ने सम्भावित नगरपालिकाका रुपमा धेरैले कीर्तिपुरलाई राखेका थिए ।

कीर्तिपुरका मतदाताको मूड बुझ्न अप्ठेरो हुन्छ । आजसम्मका इतिहासले यही भन्छ । पृथ्वीनारायण शाहदेखि प्रचण्डलाई हराउने कीर्तिपुर नै हो । पृथ्वीनारायण शाह, मदन भण्डारी र प्रचण्डलाई जिताउने पनि आखिर कीर्तिपुर नै हो ।

एमालेकै नेताहरुले हार्ने लिष्टमा राखेको कीर्तिपुरका मतदाताको मूड यसपालि फेरिएछ । एमालेका काठमाडौं जिल्ला सहइञ्चार्ज समेत रहेका कीर्तिपुरे नेता सुरेन्द्र मानन्धरले भनेका थिए- हेर्नुस यो कीर्तिपुरले इतिहासदेखि नै सधैं चमत्कार गरेको छ । यसपटक पनि चमत्कार हुन्छ, १८ वर्षपछि एमालेको शानदार कमब्याक हुँदैछ कीर्तिपुरमा ।

नभन्दै शुक्रबार साँझ कीर्तिपुरमा सूर्य उदायो । कीर्तिपुर जितेर एमालेले पहिलो चरणको चुनाव परिणाममा शतक पार गर्‍यो । कीर्तिपुर जितेर पृथ्वीनारायण शाहले उपत्यका जिते जस्तै एमालेले पनि यसपटक कीर्तिपुर जितेर शतक हान्यो । प्रचण्डलाई तेस्रो बनाएर गत संविधानसभा चुनावमा दोस्रो भएका एमाले नेता सुरेन्द्र मानन्धरले भने-कीर्तिपुर जित्दा एमाले सधैं जित्ने गरेको छ । कीर्तिपुर एमालेको बिजयको बिम्ब हेा ।

मदन भण्डारी र कृष्णगोपाल श्रेष्ठलाई एक एक पटक जिताएको कीर्तिपुरमा २०५६ सालदेखि लगातार एमाले हार्दै आएको थियो र तेस्रो स्थानमा राखेका थिए एमालेलाई कीर्तिपूरबासीले । तर यसपटक एमालेकै शीर्ष नेतृत्वलाई चकित पार्दै कीर्तिपुरबासीले एमालेका मेयर रमेश महर्जन,उपमेयर शरस्वती खड्का सहित १० मा ८ वडयाध्यक्ष जिताइदिए ।

मेयर महर्जनले अनलाइनखबरसँग भने- कीर्तिपुरको इतिहास नेपाल भाषाको उत्पतिसँग गाँसिएको छ । संविधानले दिएको अधिकार प्रयोग गर्दै हामी पहिलो निर्णय नेपाल भाषालाई नगरपालिकामा कामकाजको भाषा बनाउनेछौं

कीर्तिपुरबासीले राजनीतिक पार्टी र नेतालाई शिखरमा चढाउन पनि जानेका छन्, पातालमा भसाउन पनि जानेका छन् । कीर्तिपुरको यो प्रवृतिसँग भलीभाँती जानकार रहेका एमाले नेताहरुले चुनाव जित्नासाथ मेयर र उपमेयरलाई बोलाएर भने- ‘अब कीर्तिपुरबासीको मनोविज्ञान बुझेर काम गरौं, नत्र हाम्रो हालत प्रचण्डकै जस्तो बनाइदिन्छन् ।’

कीर्तिपुरका नवनिर्वाचित जनप्रतिनिधिहरुले सोमवार पद तथा गोपनियताको सपथ ग्रहण सँगै कार्यभार सम्हाल्दैछन् । कीर्तिपुरका मेयरले पहिलो निर्णय के गर्लान् ? यो सबैको चासो हुनेनै भयो । यो जिज्ञासा अब रहनेछैन । नेवाःसमुदायको सघन बसोबास गरहेको कीर्तिपुर नगरपालिकामा सरकारी कामकाजको भाषा नेपाल भाषा हुनेछ भन्ने औपचारिक निर्णयमा कीर्तिपुरका मेयर रमेश महर्जनको पहिलो हस्ताक्षर हुनेछ ।

चुनाव जितेपछि बधाइ खाँदै र जनतालाई धन्यवाद दिँदै कीर्तिपुरबासीको घरदैलोमा पुगिरहेका मेयर महर्जनले अनलाइनखबरसँग भने- कीर्तिपुरको इतिहास नेपाल भाषाको उत्पतिसँग गाँसिएको छ । संविधानले दिएको अधिकार प्रयोग गर्दै हामी पहिलो निर्णय नेपाल भाषालाई नगरपालिकामा कामकाजको भाषा बनाउनेछौं । कीर्तिपुरको अन्तिम चुनावी सभामा एमाले सचिव योगेश भट्टरार्इले मेयर उम्मेदवार रमेश महर्जनलार्इ मञ्चबाटै निर्दशन दिएका थिए-‘तपार्इले जितेपछि पहिलो निर्णय कीर्तिपुर नगरपालिकामा स्थानीय कामकाजकाे भाषा नेपाल भाषालार्इ बनाउने निर्णय गर्नुस् ।’ यही अादेश अाफूले पालना गर्ने उनले बताए ।

कीर्तिपुरले यो निर्णय गरेपछि नेपालमै सरकारी कामकाजको भाषा नेपाली भाषा बाहेक अर्कोले पनि व्यवहारमै मान्यता दिलाउने स्थानीय तह कीर्तिपुर हुनेछ भने नेवार समुदाय त्यसबाट लाभान्वित हुने पहिलो जनजाति समूह हुनेछ । ‘हामीले कीर्तिपुरको विशिष्ठतालाई बुझेर जनतालाई सहजीकरण गर्न नेपाल भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिन लागेका हौं’ नवनिर्वाचित उपमेयर शरस्वती खड्का रिजालले बताइन् ।

कीर्तिपुर नगरपालिकाले अर्को निर्णय पनि सम्भवतः पहिलो दिनमै गर्दैछ । त्यो के भने-नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष र कार्यकारी अधिकृतदेखि सबै कर्मचारीको सम्पत्ति विवरण सार्वजनिक गर्ने । एमाले पार्टीले कीर्तिपुरका नवनिर्वाचित मेयर उपमेयर र वडाध्यक्षलाई सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएपछि नगरपालिकाले यसमा कर्मचारीलाई समेत पारदर्शी बनाउन सबैको सम्पत्ति विवरण फारम भराउन लागेको हो ।

नगरपालिकाको कोषबाट तलब खाने सबैले सम्पत्ति विवरण अद्यावधिक गरिरहेमा जनतामा विश्वास जाग्ने र भ्रष्टाचार तथा अनियतमितता नहुने भएकाले सम्पत्ति विवरण भराउन लागिएको मेयर महर्जनले बताए ।

‘म ५ वर्षसम्म मेयर हुँदा नियम बमोजिम पाउने बाहेक एक पैसा पनि खान्न र मेरो नगरपालिकाभित्र कसैले पनि अनियमितता गर्न पाउदैन’ महर्जनले भने’त्यसकै लागि हो सम्पत्ति विवरण सार्वजनिक गर्ने’ ।

चुनावअघि जनताबीच गरेका बाचा र घोषणापत्र रमेश र सरस्वतीले आफ्नो साथमै राखेका छन् । यो टिमले अब तत्कालीन र दीर्घकालीन दुई प्रकारका कामको एजेण्डा तय गरेको छ । महर्जनले भने- घोषणापत्र अनुसार हामी ५ वर्षभित्र प्रतिबद्धता पूरा गर्नेछौं । तर, जनताले तत्काल परिवर्तन खोज्छन्,त्यसको अनुभूति गराउने योजनामा हामी छौं ।

तत्काल जनतालाई जनप्रतिनिधि हुँदा र नहुँदाबीचको फरक अनुभूति गराउन उनले २ साताभित्र सार्वजनिकस्थलबाट फोहोरमैला सम्पूर्ण रुपमा हटाएर सफा सुन्दर कीर्तिपुर नगरको अभियान आरम्भ गर्ने निर्णय तत्कालै हुँदैछ । मेयर महर्जनले भने-२ साताभित्र सार्वजनिकस्थलमा फोहोर देख्न पाइने छैन ।
कीर्तिपुरको अर्को विकराल समस्या भनेको खानेपानी हो । दीर्घकालीन रुपमा खानेपानी व्यवस्थापन गर्न समय लाग्छ । तर, अल्पकालीन व्यवस्थापन २ महिनाभित्र गरिने मेयर महर्जनले बताए । उनले भने- खानेपानीको अन्तरिम व्यवस्थापन गर्न स्रोत खोज्दैछौं । तत्काल नयाँ बजेट ल्याउन नमिल्ने भएकाले अहिलेकै बजेटबाट काम गर्ने हो । हामी फोहोरमैला र खानेपानी व्यवस्थापनको काममा भोलिदेखि नै लाग्छौं ।
कीर्तिपुर नगरपालिकामा अब नेपाली र नेपाल भाषा गरी दुईवटा सरकारी कामकाजका भाषा भएका छन् । अब जनताले नगरपालिबाट पाउने सेवा प्रभावकारी बनाउन नयाँ निर्वाचित प्रतिनिधिहरु केन्दि्रत हुने महर्जनले बताए ।

उनले भने-नगरपालिकाबाट हुने सेवा प्रवाहलाई एक महिनाभित्र सहजीकरण गछौर्ं । त्यसका लागि तुरुन्तै एउटा मेकानिज्म बनाउनेछौं । जनताले अब कुनै गुनासो गर्नु पर्नेछैन ।
यति भनिरहँदा मेयर रमेश महर्जन र उपमेयर सरस्वती खड्काले चुनौतिका चाङ पनि लगाइरहेका थिए । ३ महिनाभित्र कीर्तिपुको फोहोरमैला र खानेपानी समस्यालाई सही ट्र्याकमा ल्याउन सकिए अरु काम बिस्तारै गर्न सकिन्छ भन्नेमा उनीहरु विश्वस्त छन् । काठमाडौं महानगरपालिकामा पनि एमालेले जित्ने संकेत देखिँदै गर्दा कीर्तिपुरको विकासमा काठमाडौं महानगरको आडभरोसा मिल्ने अपेक्षा गर्दैछन् ।

मेयर महर्जनले भने-कीर्तिपुरले अब सम्वृद्धिको कीर्तिमान कायम गर्नुपर्नेछ, त्यसका लागि एमालेको नीतिअनुसार हामीले काम गर्छौं, अब कीर्तिपुरबासीले हामीलाई सजाय दिने मौका आउने छैन । जसरी एमालेले यो चुनावमा शतक पार गर्न कीर्तिपुरको विजय निणर्ायक बन्यो, त्यसैगरी हामीले गर्ने कामले एमाले पार्टी र कीर्तिपुरबासीले गर्व गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment