Comments Add Comment

इन्द्रावतीमा कांग्रेसले जित्यो, झम्क नेपाल दोस्रो

८ जेठ, काठमाडौं । र्इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोकको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा कांग्रेसका बंशलाल तामाङ एमालेका झम्क नेपाललाई रोक्दै विजयी बनेका हुन् । तामाङले ५ हजार ३ सय ६५ मत हासिल गर्दै जित दर्ता गराउँदा नेपाल ५ हजार १ सय ६५ मत रोकिए ।

उपमुख पद मीरा अधिकारी लामाले जितेकी छन् । उनले ५ हजार १ सय ३१ मतका साथ विजय हासिल गरेकी हुन् । उनलाई सुरुदेखि नै पछ्याएकी एमालेकी सरस्वती अधिकारी ५ हजार ८९ मत ल्याएर पराजित भइन् ।

यो गाउँपालिकामा माओवादी केन्द्र तेस्रो भएको छ । केन्द्रका गाउँपालिका प्रमुखमा उम्मेदवार चिरञ्जीवी आचार्यले २ हजार ५ सय ८४ मत मात्रै प्राप्त गरे । उपप्रमुखको मत २६९६ छ ।

ईन्द्रावतीको अन्तिम परिणाम सार्वजनिक भएसँगै सिन्धुपाल्चोक जिल्लाको सम्पूर्ण परिणाम बाहिर आएको छ । सिन्धुपाल्चोकमा १२ स्थानीय तह छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment